जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर ५ गते । सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा वडा अध्यक्षका लागि उम्मेदबारी दिएका १४ जना मध्ये दुई जनाले उम्मेदबारी फिर्ता लिनुभएको छ । दुई जना वडाध्यक्ष पदका उम्मेदबारले उम्मेदबारी फिर्ता लिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय गढीले १२ जना उम्मेदबारको अन्तिम नामावली प्रकाशन गरेको हो ।


गढी गाउँपालिका ६ नम्बर वडामा मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा उम्मेदबारी दिएका मध्ये दुई जनाले फिर्ता लिएपछि १२ जना उम्मेदबारको अन्तिम नामावली प्रकाशन गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।


गढी ६ मा मंसिर २ गते वडा अध्यक्ष पदका लागि १४ जनाको मनोनयन दर्ता भएकोमा सबैको नामावली जाचँबुच गर्दा कोही माथि उजुरी नपरेकोमा बुधबार मध्यान नेकपा एकीकृत सामाजवादीबाट डोमी उराँव र स्वतन्त्र उम्मेदबार बन्धुलाल सरबरियाले उम्मेदबारी फिर्ता लिनुभएको उपाध्यायले जानकारी दिनुभयो ।
नेकपा एकीकृत सामाजवादीबाट डोमी उराँव नेकपा एमालेमा पार्टी प्रवेश गर्नुहुदै उम्ेमदबारी फिर्ता लिनुभएको छ भने सरबरियाले नेपाली काग्रेंसका उम्मेदबार तेतर साहलाई सहयोग गर्ने भन्दै उम्मेदबारी फिर्ता लिएको प्रतिकृया दिनुभएको छ ।
उपनिर्वाचनमा गढी गाउँपालिका–६ को वडाध्यक्ष पदका नेकपा एमालेबाट सन्तु उराँव, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदबार कुशेश्वर खेरवार यादव, नेपाली कांग्रेसबाट तेतर साह, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपाबाट कविता कुमारी उराँव, राप्रपा नेपालबाट बच्चालाल अरगरिया यादवको उम्ेमदबारी कायम रहेको अन्तिम नामावली सार्वजनिक गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

त्यसैगरी संघीय लोकतान्त्रिक राष्टिय मञ्चका राजोदेवी ऋषिदेव, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शशि कुमार साह, जनमत पार्टीको तर्फबाट सिताराम यादव, समावेसी समाजवादी पार्टीको योगनारायण ऋषिदेव, स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहताको नामावली कायम रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गराएकाहरु माथि दावी विरोधको सयम दिएको मंसिर ३ गते कसैमाथी कुनै प्रकारको उजुरी नपरेको र उम्मेदवाहरुको कागजात समेतको अध्ययन गर्दा सबैको उम्मेदबारी कायम रहने योग्य देखिएकोमा दुई जनाले आफै निवेदन दिएर उम्मेदबारी फिर्ता लिएपछि १२ जनाको अन्तिम नामावली प्रकाशनको निर्णय सार्वजनिक गरेको अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।
अव दुई जना स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी कायम रहेको र उनीहरुलाई चुनाव चिन्ह समेत प्रदान गरेको उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायले अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गर्ने कार्य सकिएको र मतपत्र छापिने काम गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँले उम्मेदबारहरुले निर्वाचन आचार संहिता भित्र रहेर प्रचारप्रसार र घरदैलौ गर्न पाउने तथा मंसिर १३ गतेबाट मौन अवधि सुरु हुने र मंसिर १६ गते विहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान गर्न पाउने समय तोकिएको जानकारी दिनुभयो । गढी गाउँपालिका ६ नम्बर वडामा पच्छिलो निर्वाचनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष सदानन्द झागड उराँवको निधन भएपछि गढी ६ नम्बर वडामा उपनिर्वाचन हुन लागेको हो ।