सुनसरीकाे गढीमा २६४५ मत खस्याे, मतदान शान्तिपूर्ण सम्पन्न
सुनसरीकाे गढी गाउँपालिका ६ मा भएको उपनिर्वाचनमा कुल ३६२२ मतदाता रहेकोमा यहाँ १२५८ पुरुष र १३८७ महिला गरि कुल २६४५ मत खसेको छ । शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । राति ८ बजेबाट मतगणना सुरु हुने जनाएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले मध्य रातसम्ममा मतगणना सम्पन्न हुने जानकारी दिनुभएको छ । केही बेरमा सर्वपक्षीय छलफल गर्ने र ८ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको जानकारी दिनुभयो ।