पिपिएलएको अधिवेशनबाट नयाँकार्य समिति चयन
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन ११ गते । प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) सुनसरीको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । पिपिएलए सुनसरीको आयोजनामा संगठनसंग आवद्ध जिल्ला भरीका कानून व्यवसायीहरुको सहभागितामा अधिवेशन सम्पन्न भएको हो । सम्पन्न भएको अधिवेशनबाट रामकुमार साहको अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नन्दकुमार दाहाल, महिला सचिवमा लिलाहाङ स्रोङ, सचिवमा खेमराज लामिछाने, कोषाध्यक्षमा सुकदेब चौधरी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सुजन थापा, सोभा सुवेदी, सोनी साह, ददिराम चौहान, राम नारायण साह, रामबाबु पोखरेल, बालकृष्ण पोखल, परशुराम खाँ, लिलाराज काफ्ले, गणेश पोखरेल, नविन चर्मकार, निता अधिकारी र नगेन्द्र बस्नेत लगायतका चयन हुनुभएको छ । अधिवेशनको प्रमुखअथिति तथा पिपिएलएको केन्द्रिय अध्यक्ष अम्बर थापाले पाँच वटा मैनवती बालेर उद्घाटन गर्नुभएको थियो । उहाँले बर्तमान अवस्थामा चौतर्फी रुपमा लोकतन्त्र तथा न्यायलय माथि आक्रमण भईरहेको बताउनुभयो । वहाँले न्यायलय माथि भएको हमलाले गर्दा कानून व्यवसायीको पेशा नै खतरामा पर्ने हुँदा संगठनमा आवद्ध सबै मिली खबरदारी गर्नुपर्ने विचार राख्नुभयो । उद्घाटन सत्रमा नेपाल बार एशोसिएशनका उपाध्यक्ष पदम प्रसाद लिम्बु, कोशी प्रदेशका मुख्यन्याधिवक्त नारायण बस्ती, कानून व्यवसायी परिषदकापूर्व पार्षद प्र्रेम प्रसाद पोखरेल, बार इकाई सुनसरीकाअध्यक्ष बुद्धि बहादुर कटुवाल, नेकपाएमाले सुनसरीका सचिव राम कोइराला लगायतले शुभकामना दिनुभएको छ । अधिवेशनमा अग्रज कानून व्यवसायीहरु देवि प्रसाद पोखरेल, शिवराज चौहान, इश्वरचन्द्र ढुंगेल सहित बार इकाई सुनसरी तथा पिपिएलएको केन्द्र समिति र कोशी प्रदेश र चयन हुनुहुने विरेन्द्र बहादुर बस्नेत, विरेन्द्र गौतम, हेमराज सुवेदी, मनोज अधिकारी लागतयकालाई प्रमुख अतिथि विशिष्ठ अतिथि र अतिथिले सम्मान गरिएको जनाइएको छ ।

module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 32768;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 34;

module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 41;

module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 32768;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 41;

module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 128;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 38;
१, सुनसरी सदरमुकाम इनरुवामा पिपिएलएको पाँचौ जिल्ला अधिवेशन कार्यक्रमका अथितिहरु । तस्विर ः । इनरुवा
