रविन्द्र यादव । विराटनगर
स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उदेश्यका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२  काे तयारी भएको छ । पर्यटन वर्ष तयारीमा कोशी प्रदेश पर्यटन वर्ष २०८२  काे  मुख्य आयोजक समितिको पहिलो बैठक माघ १० गते बस्ने भएको छ । कोशी प्रदेश सरकारले घोषणा गरेको “कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई  सार्थक र प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि मुख्य आयोजक समितिको पहिलो बैठक  माघ १० गते, बिहीबार कोशीटप्पुमा हुने भएको छ।

यस महत्वपूर्ण बैठकको आयोजना Aqua Birds Eco Resort, Koshi Tappu, Sunsari मा गरिनेछ, जुन कोशीटप्पु वन्यजन्तु आरक्षको कार्यालय नजिकै अवस्थित छ। बैठकमा प्रदेश सरकारका उच्च पदाधिकारी, सरोकारवालाहरू, र पर्यटन क्षेत्रका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहनेछ। मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बस्ने बैठकले पर्यटन प्रवर्द्धनका लागि “कोशी प्रदेश पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१” अन्तर्गत दिगो योजना निर्माण गर्ने लक्ष्य लिएको छ। काेशी प्रदेश वन तथा वातावरण मन्त्री सदानन्द मण्डलका अनुसार, “यो अभियानले कोशी प्रदेशको प्राकृतिक र सांस्कृतिक सम्पदालाई विश्वभर परिचित गराउँदै प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ।”कार्यक्रमले कोशी प्रदेशमा पर्यटनको अवसर र सम्भावनाको पहिचान गर्दै, यसलाई दिगो विकाससँग जोड्ने प्रयास गर्ने बताइएको छ। बैठकले आगामी वर्षभर सञ्चालन गरिने विविध कार्यक्रमहरूको खाका तयार गर्ने अपेक्षा गरिएको जनाएको छ।
मिति: माघ १०, २०८१
स्थान: Aqua Birds Eco Resort, Koshi Tappu, Sunsari