जजन्युज समाचारदाता

सुनसरीकाे इनरुवाका २५ वर्षिषि गजेन्द्र मेहताकाे साउदीमा निधन भएको छ । सवारी दुर्घटनामा निधन भएको मेहताकाे शव नेपाल ल्याउन पहल गरि दिन परिवारजनले अपिल गरेको छ । मृतकका काका रघुनाथ मेहताले फेसबुकमा घटना सार्वजनिक गर्नुहुदै इनरुवा ४ का भजिता मेहताकाे साउदीमा निधन भएकोमा शव नेपाल ल्याउन पहल गरि दिन परिवारकाे अपिल गर्नुभयो । उहाँको फेसबुकमा भनिएको छ, “मेरो भतिज नाम गजेन्द्र मेहता हिजो राती दुर्घटनामा परी मृत्यु भएको छ। साउदीमा। कृपया सयोगी मिडियाहरु र सयोगी बिदेशको कुटनीति संस्थाहरुलाइ हार्दिक अनुरोध गर्दछु। उहाँको लाश साउदीबाट नेपाल ल्याइदिनुहुन हार्दिक अनुरोध गर्दछु। हजुरहरु मिलेर खोजी दिनु। र सक्दो शेयर गरीदिनु अनुरोध छ “

सरकारले मेहताले गर्नुभएको अपिल र आग्रह अनुसार पहल गर्नुपर्ने जरुरी रहेको अधिकारकर्मीहरुले बताएका छन ।