लेखा विषय पढाउन माग गर्दै इनरुवा नगरपालिकामा ज्ञापनपत्र बुझाए
जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ २ गते । सुनसरीकाे इनरुवा नगरपालिका ८ बबियाकाे सरस्वती माविमा तीस वर्षदेखि पढाइ भइरहेको लेखा विषय हटाएको भन्दै बालबालिकाले साेही विषय पढाउन माग गर्दै इनरुवा नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

बबिया बाल क्लबका अध्यक्ष तथा कक्षा ९ कि विधार्थी हिमानी यादव नेतृत्वमा नगर बाल सञ्जालले नगर उप प्रमुख विनिता मेहता तथा प्रमुख प्रशासकीय अधिकृत डिल्ली राज निराैलाला इनरुवा नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । कक्षा ९ मा लेखा विषय पढाउनुपर्ने भन्दै बबियाको सरस्वती माविमा कक्षा ९ या अध्ययन गर्ने छात्रछात्राहरूले बुझाएको माग पत्रका आधारमा पहल गर्ने प्रमुख प्रशासकीय अधिकृत डिल्ली राज निराैलाले जानकारी दिनुभयो ।

इनरुवा नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएकाे विषयमा तत्काल विधालयमा अतिरिक्त विषयमा कार्यलय संचालन तथा लेखा विषय पढ्ने विधार्थीलाई पढाउन निर्देशन दिने उपप्रमुख मेहताले बताउनुभयो । विधार्थीहरुले लेखा पढाइ हुनुपर्ने माग गर्दा विधालयमा विद्यालय प्र-अ तेजनारायण यादवले हप्काएकाेले बालबालिकाकाे अधिकार हनन भएको भन्दै कार्वाहीकाे समेत माग गरेको छ ।

नगर बाल सञ्जालले बालबालिकालाई हेप्नु बाल अधिकारकाे हनन भएकोले जिल्ला प्रशासन कार्यालय समतेलाई गुहार माग्न बाल क्लबलाई आग्रह गरेकाे छ ।
बालबालिकाले दिएको पत्र दर्ता भएको छ भने कुनै सुनुवाई नभएको र आफूहरुको इच्छा, विपरित शिक्षा विषय लादिएको खण्डमा विधालय र नगर सरकारको विरुद्ध आन्दोलन गर्न बाध्य हुने समेत जानकारी गराएकाे छ।

तस्विर
