इनरुवा । सुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रमा रहेका ३० सामुदायिक विधालय मध्ये २९ वटा सामुदायिक विद्यालयमा आन्तरिक प्रतिष्पर्धाबाट प्रधानाध्यापक बनाउने प्रक्रिया दुई महिनामा पनि सार्थकता पाउन सकेको छैन । यहा शारदा मावि बलाहा बाहेक २९ प्रअ बन्ने परिक्षामा ४० जना शिक्षकले आवेदन दिएका छन ।
इनरुवा नगरपालिकाको शिक्षा शाखाकी अधिकृत स्वष्तिका दाहालका अनुसार नगरपालिका कार्यालयले २०८१ फागुन २९ गते गरेको प्रधानाध्यापक पदका लागि दरखास्त आह्वानको सूचना बमोजिम आधारभुत र माध्यामिक तहमा ४० जना शिक्षकले आवेदन दिएका छन ।


अधिकृत दाहालले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनौट गर्नका लागि स्थायी दरवन्दीमा कार्यरत शिक्षकबाट आवेदन माग भए बमोजिम आधारभुत तह १ देखि ५ सम्मका विद्यालयमा १७ जना, कक्षा १ देखि ८ सम्म ४ जना र माध्यामिक तहमा ७ जनालाई परिक्षा लिएर करारमा छनौट गरिने बताउनुभयाे ।
अधिकृत दाहालले ५ वर्ष स्थायी दरवन्दीमा कार्यरत रहेका आवेदक शिक्षकबाट प्रधानअध्यापक छनौटका लागि नगरपालिकाले विद्यालय विकास प्रस्तावना तयारी, छलफल र अन्र्तवार्ताका साथै नगरपालिकाको शिक्षा ऐन बमोजिम हुने जानकारी दिनुभयाे ।
नगरपालिकामा आवेदन दिएर प्रधानाध्यापक बन्ने प्रतिष्पर्धामा भगवती मावि इनरुवामा गंगा पौडेल बराल र बेणु सिग्देल रहेका छन । दुवै जना सोही विद्यालयमा कार्यरत रहेका शिक्षक हुन । बराल हाल प्रधानअध्यापक रहेकी छिन ।
जनता मावि मधेशामा प्रधानअध्यापक बन्न लोकबहादुर श्रीपाली, राजकिरण चौधरी र बलराम चौधरीले आवेदन दिएका छन । यसैगरि राजाजी रामजी महतो दास माविमा निर्मल श्रेष्ठ, शिलाकान्त झा र रामसागर मेहताले आवेदन दिएका छन । बालमन्दिर माविमा बिजली पंडितको मात्रै आवदेन परेको छ । यसैगरि निर्मल श्रेष्ठले नेराहरी माविमा समेत आवेदन दिएका छन । नेराहरी माविमा काशीराम चौधरीकोसमेत आवेदन परेको छ ।
सरस्वती मावि बवियामा प्रधानअध्यापक बन्न तेजनारायण यादव र सोही विद्यालयका उमेशप्रसाद यादवको आवेदन परेको छ । त्रिभ्ुवन माविमा प्रधानअध्यापक बन्न सोही विद्यालयका जागेश्वर साह र ललितकुमार चौधरीको आवेदन परेको छ ।
यसैगरि जनता आधारभुत विद्यालय इनरुवा ३ मा अनु कोइराला, शहीद सुन्दर आधारभुत विद्यालयमा मनोजकुमार मेहता, ज्ञानोदय आधारभुत विद्यालयमा सुमन मेहता, रेणुकुमारी मेहता र रामनारायण मेहताको आवेदन परेको छ ।
जनकल्याण आधारभुत विद्यालय लावण्यराज निरौला, ब्ुढा सुब्बा आधारभुत विद्यालय गणेश भट्राई, गणेश नेरा आधारभुत विद्यालयमा आकाशकुमार मण्डल र रामविलास मेहता, जनहित आधारभुत विद्यालयमा बोधराज घिमिरेको आवेदन परेको छ ।
यसैगरि महाविर आधारभुत विद्यालयमा गजेन्द्रकुमार मेहता, सरस्वती आधारभुत विद्यालयमा बुधेश्वर मेहता, राजाराम यादव रहेका छन ।
शारदा आधारभुत विद्यालयमा लावयण्मणी पोखरेल, शिशुविकासिनी पदमबहादुर थापा, सर्वोदय आधारभुत विद्यालय कमलप्रसाद सुवेदी, हरि आधारभुत विद्यालय प्रदिप कृष्ण कोइराला, देवकोटा आधारभुत विद्यालय मनकुमारी बस्नेत, आधारभुत विद्यालय योगेन्द्र झा , विनायक झा र शिक्ष देवकृष्ण यादवको आवेदन परेको छ ।
यसैगरि रेडक्रस आधाभुत विद्यालय यसोदाकुमारी पोखरेल, शिशु निकेतन आधारभुत विद्यालय निर्मला भट्टराई, सिर्दाथ आधारभुत विद्यालय सुरदेव चौधरीको आवेदन परेको छ । विपी आधारभुत विद्यालयमा अशोककुमार मेहता र राजेशकुमार मेहताको आवदेन परेको छ ।

Tags: inaruwa muninaruwa school