हिमानी यादव । बबिया
सुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रका विभिन्न बाल क्लब अध्यक्षहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम दिएको छ ।


बालबालिकालाई बाल क्लबमा बसेर काम गर्न सहजताका लागि नेतृत्व विकास तालिम दिएको नगरपालिका महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखाका सरस्वती ढुंगानाले जानकारी दिनुभयो । इनरूवाका बाल क्लब अध्यक्षहरुलाई नेतृत्व विकास सम्बन्धि तीन दिने तालिम दिएको ढुंगानाले जानकारी दिनुभयो । इनरूवाका बाल क्लब अध्यक्षहरुलाइ प्रशिक्षक पत्रकार जयकृष्ण यादव,इनरुवा नगरपालिका महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख दिपा दाहाल पाेखरेल सहितले प्रशिक्षण दिनुभएको थियो ।


तालिममा नगर क्षेत्रका ४० बढी विधालय, समुदाय , वडा र नगर बाल क्लबका अध्यक्षहरुकाे सहभागीता रहेको थियो ।


विहिबार इनरुवाका उपप्रमुख विनिता मेहताले उद्घाटन गर्नुभएको तीन दिने नेतृत्व विकास सम्बन्धि तालिम सनिवार सम्पन्न भएको हो ।