थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीकाे आयोजना एक महिने व्युटिसियन तालिम सुरु भएकाे छ । सामाजिक विकास मन्त्रालयकाे सहयोगमा  रामधुनी ६ बकलाैरीमा महिलाहरुलाई 
वियुटिसियन तालिम दिएको हो । जेठ १६ गतेदेखि सुरु भएको तालिममा ५० जनाकाे सहभागीता रहेको थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका अध्यक्ष जानकी चाैधरीले जानकारी दिनुभयो । दिपा कार्की र अस्मिता खतिवडा , आकंक्षा लामाले प्रशिक्षण दिईरहनुभएकाे छ । तालिममा सहभागीले सुन्दरता सम्बन्धि काम गर्ने र व्यवसायीक हुने अपेक्षा गरेको जनाएको छ ।