धरानमा प्रगतिशील लेखक सङ्घ सुनसरीद्वारा भव्य कार्यक्रम सम्पन्न

विमला पाेखरेल । धरान
कथाकार टीका मिलन घिमिरेज्यू द्वारा विरचित ‘राजवृक्षको हाँगो’ कृतिको विमर्श, सम्मान र दर्जनौं रचना वाचन कार्यक्रम
प्रगतिशील लेखक सङ्घ सुनसरीको आयोजनामा कवि विमल स्मृति पुस्तकालय धरान–१८ बुद्धचोकमा उक्त कार्यक्रममा प्राज्ञ प्रा. डा. खेमराज खनालज्यूको प्रमुख आतिथ्यतामा रहेको थियोे ।

कार्यक्रममा प्रगतिवादी साहित्यकार टीका मिलनज्यू द्वारा लिखित कथा सङ्ग्रह ‘राजवृक्षको हाँगो’ माथि साहित्यकार रेखा सुवेदीले गहिरो परिचर्चा प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा साहित्यिक योगदानको उच्च सम्मान स्वरूप प्रा. डा. भोलानाथ पोखरेलज्यू , लता कार्कीज्यू , राजेन्द्र किराँतीज्यू, टीका मिलनज्यू र जमुना श्रेष्ठज्यूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दर्जनौं साहित्यकारहरुले आफ्ना रचना वाचन गर्नु भएको थियो । प्रमुख अतिथि प्रा. डा. खेमराज खनालज्यूले “धरानमा प्रलेस अझै जीवित छ ,यहाँ प्रगतिशील चिन्तन बोकेका मित्रहरुको राम्रो जमात छ” भन्दै सन्तोष व्यक्त गर्नुभएको थियोे । विशिष्ट अतिथि बम देवानज्यूले प्रगतिशील साहित्यकारहरुको संरक्षणका लागि राज्यको भूमिकाको माग गर्नुभयो। अर्का विशिष्ट अतिथि प्रलेस केन्द्रीय सल्लाहकार डम्मरू बल्लभ भण्डारीज्यूले ‘विकृत साहित्यको विकाससँगै प्रगतिशील धार कमजोर हुँदै गएको’ उल्लेख गर्दै लेखकहरुलाई सजग र सचेत बन्न आग्रह गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिहरू साहित्यकार भीम खतिवडाज्यू ,साहित्यकार छवि वैरागी घिमिरेज्यू लगायत साहित्यकारज्यू हरूको बाक्लो उपस्थिति रहेको थियोे ।
कार्यक्रममा सहभागी दर्जनौं वक्ताहरुले प्रगतिशील साहित्य र स्रष्टाहरुको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गर्नु भएको थियोे । दर्जनौं साहित्यकारहरुले आफ्ना अग्रगामी रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक सङ्घ, सुनसरीका सचिव कृष्णप्रसाद नेपालले गर्नु भएको थियोे । स्वागत मन्तव्य उपाध्यक्ष कृष्णप्रसाद गौतमज्यूले गर्नुभएको कार्यक्रमको अध्यक्षता विमला पोख्रेल को रहेको थियो। कार्यक्रममा सुनसरीका ७२जना भन्दा धेरै साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सामाजिक सञ्जाल ‘पोपो’ सोलु एजेन्सीका व्यवस्थापक परी मिसको उपस्थितिले कार्यक्रममा रौनक थपिएको थियोे ।कार्यक्रमका सम्पूर्ण सहयोगी साथै प्रलेस सुनसरी परिवारमा हार्दिक कृतज्ञता प्रकट गर्दछु।