सञ्चार माध्यममा मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मी बिच छलफल

सुनसरी
२०८२, असार ४ गते । सुनसरीकाे
मानव अधिकार र सामाजिक न्यायसम्बन्धी सवालमा सञ्चार माध्यमको भूमिका विषयक एक विशेष छलफल कार्यक्रम आज इटहरीमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय मानव अधिकार संगठन इन्सेकको कोशी प्रदेश कार्यालय, विराटनगरद्वारा आयोजना गरिएको हो।
“सञ्चार माध्यममा मानव अधिकारका सवाल : पत्रकार र अधिकारकर्मीबीच छलफल कार्यक्रम” शीर्षकमा आयोजित छलफलमा पत्रकार, मानव अधिकारकर्मी, तथा सरोकारवालाबीच गहिरो संवाद भएको थियो। कार्यक्रमले सञ्चार माध्यमले मानव अधिकार प्रवर्द्धनमा खेलेको भूमिका र त्यसका चुनौतीबारे प्रकाश पारेको छ।

कार्यक्रममा वक्ताहरूले सञ्चार माध्यममार्फत समाजमा उत्पन्न हुने प्रभाव, मानव अधिकार उल्लंघनका घटना उजागर गर्न पत्रकारिताको भूमिका, र प्रेस स्वतन्त्रता सम्बन्धी विषयमा धारणा राखेका थिए। उनीहरूले मानव अधिकार सम्बन्धी विषयलाई सन्तुलित, तथ्यमा आधारित, र नैतिक पत्रकारिताको ढाँचामा प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
इन्सेक कोशी प्रदेश संयोजकको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सञ्चार गृहका प्रतिनिधि, मानव अधिकारकर्मी, तथा कानुनविद् सहभागी थिए।
छलफलमा सहभागिहरुले सञ्चारमा मानव अधिकारका सवाल अझ बढी गहिराइमा उठान गर्न सुझाव दिएका थिए। कार्यक्रमले सञ्चारकर्मी र अधिकारकर्मीबीच समन्वयात्मक सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको जनाएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मानव अधिकार र सामाजिक न्यायका निम्ति नेपालमा साढे दशकदेखि क्रियाशील रहेकोले मानव स्वास्थ्यमा असर परेको भन्दै दुहबी ६ मा रहेको छाला उधाेग विरुद्ध अदालतमा रिट हाल्ने तयारी भएको जानकारी दिएको छ । मानव गरिमा रक्षाका निम्ति इन्सेकको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण, मानव अधिकार शिक्षा र मानव अधिकार बहस तथा पैरवी कार्यक्रम सञ्चालन गर्दै आएको समेत संयाेजक पाेखरेलले कार्यक्रममा जानकारी दिनुभयो । मानव अधिकारका घटनामा पीडित भएकाहरूको अधिकार रक्षा र न्याय स्थापित गर्नका लागि सञ्चारमाध्यममा मानव अधिकारका सवाल सन्दर्भमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कार्यक्रम गरेको उहाँको भनाइ थियो । सञ्चार माध्यममा मानव अधिकारका सवालमा बाेल्नुहुदै नेपाल पत्रकार महासंघ सुनसरी , अध्यक्ष सन्तोष काफ्लेले पेसागत रुपमा प्रतिवद्ध पत्रकारले सत्य , न्याय र सुशासनको पक्षमा काम गरेको बताउनुभयो ।
कानुनी अधिकार उपयोग र दुरुपयोग केका लागि भएको भन्ने विषयमा गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।
देशमा साशकबाट अधिकारकर्मी तथा सञ्चारकर्मी बेलाबखत जाेखिम तथा त्रसित भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

जनप्रतिनिधिबाटै समेत नागरिकले समयमा सेवा नपाएको अवस्था रहेको छ ।
उपाध्यक्ष अर्जुन सुवेदीले मानवअधिकार सबै माैलिक हकका सवालमा भएकोले अधिकारकर्मी तथा सञ्चारकर्मीहरु मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सचिव विनय बार्हकाेटीले जनताको सवाल उठाउने पत्रकार अग्रपंक्तिमा रहेको बताउनुभयाे ।
नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष धुर्व ढकालले स्थानीय तहमा जनप्रतिनिधि आएपछि अधिकारका सवालमा कम्जोर भएको गुनासो गर्नुभयो ।
जनप्रतिनिधिहरुकाे कारणले पनि मानवअधिकारकाे विषय कम्जोर भएको र सञ्चारकर्मीले उठान गरेको सवालमा सम्बाेधन नहुदा मानवअधिकार हनन भएको बताउनुभयो । सरकारले नै सूचना लुकाएको अवस्था रहेको र धम्की दिने कारणले अधिकारकर्मी तथा सञ्चारकर्मी त्रसित रहेको बताउनुभयो ।
पत्रकार सन्तोष यादवले अधिकार र दायित्वबाट मात्रै नागरिकको मानवअधिकार सुनिश्चित हुने बताउनुभयो ।
ओरेक प्रदेश संयाेजक शाेभा बजगाईले लैंगिकमैत्री तथा मानवअधिकारमैत्री सवाल उठाउन जरुरी रहेको बताउनुभयो । मुद्दाहरुलाई प्रभावित पार्ने भन्दा न्यायमा पहुँच हुने गरि सम्बाेधन गर्न आवश्यक रहेको बताउनुभयाे ।

पिडितलाई न्यायका लागि पहल हुने गरि अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले उठान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अथिति मानवअधिकार परिषद सचिव कमल काेइराला ,
गैरसरकारी संस्था महासंघ सुनसरी अध्यक्ष मेघराज न्याैपाने,महिला मानवअधिकार रक्षक सञ्जाल सरस्वती केसी ,विनिता दाहाल , ताेया गिरी, पत्रकार गनेश यादव सहितको उपस्थिति रहेको थियो । कार्यक्रममा सप्तकोसी एफएम प्रधान सम्पादक लिलाराज भट्टराईले सबै मिलेर सामाजिक न्यायकाे पहुँचका लागि काम गर्नुपर्नेमा जाेड दिनुभयो ।

उहाँले अधिकारकर्मी र सञ्चारकर्मीहरुले हातेमालो गरेको खण्डमा मानवअधिकारका सवाललाई सम्बाेधन गर्न सकिने बताउनुभयो । पत्रकार तेज वनले बालबालिका र युवा तस्करी राेक्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा स्वागत मन्त्वय ईन्सेक प्रदेश प्रलेख अधिकृत पुण्य अधिकारीले मानवअधिकार रक्षकको लागि कानुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रम सञ्चालन इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवले गर्नुभएको थियो ।