सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला प्रहरी कार्यालयले इनरुवा  नगरपालिकाका कक्षा आठ, नौ र दशमा अध्ययनरत फ्यान क्लवमा आवद्ध भएका विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट वितरण गरेको छ ।


लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान जिल्ला कार्य सम्पादन समितिको आयोजना तथा इनरुवा नगरपालिकाकाे समन्वयमा विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा  नगरपालिकाकाका फ्यान गठन भएको विधालयका दुव्र्यसन विरुद्धको अभियान फ्यान क्लवमा आवद्ध भएका विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट वितरण गरिएको जनाएको छ ।


फ्यान जिल्ला कार्य सम्पादन समितिका संरक्षक एवं जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको अध्यक्षता र इनरुवा  नगरपालिकाकाका प्रमुख केदार भण्डारीको प्रमुख आथित्यतामा विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट वितरण गरेको छ ।


सोही अवसरमा भण्डारीले लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानमा योगदान गर्ने र विद्यार्थीमा रहेका प्रतिभा तथा रचना गर्ने प्रतिभा भए पनि त्यसलाई बाहिर निकाल्ने माध्याम नभएकोले अव भिते पत्रिका मार्फत र फ्यानले सार्थक पार्ने बताउनुभयो ।

उहाँले बालबालिकालाई दुर्व्यसन मुक्त बनाउने र फ्यानकाे कार्यक्रममा नगर सरकारकाे तर्फबाट सबै सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा  फ्यान जिल्ला कार्यसम्पादन समितिका संयाेजक प्रहरी नायव उपरीक्षक याेगराज खतिवडा , समिति सदस्य ताेया गिरि, जिल्ला सल्लाहाकार जयकृष्ण यादव, रमेश भट्टराई, विनिता दाहाल, विभिन्न  विधालयका फोकल शिक्षकहरु , पत्रकार गनेश यादव, रुपेश माेची, विभिन्न सरकारी विधालयमा गठित फ्यान क्लवका पदाधिकारीहरु, अभियन्ताहरुको उपस्थिति रहेको थियो ।