जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ६ गते । सुनसरीको हरिनगर गाउँपालिका १ रामनगरभुटाहामा विद्यार्थीसँग सिर्जनामा इनरुवाको तेस्रो शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष लीलानाथ सिलवालले विद्यार्थीहरुको प्रतिभा प्रफस्फुटनका लागि सिर्जनामा इनरुवाको तेस्रो शृङ्खला सम्पन्न गरेको जानकारी दिनुभयो । कार्यक्रममा सल्लाहकार डमरुवल्लभ भण्डारी, नाट्यकर्मी भरत गुरागाईँ बर्बरिक, रमेन्द्र कोइराला, राधा सुवेदी , कान्ता भट्टराई , द्वारिका पोखरेलका साथै बालकृष्ण माविका प्रधानाध्यापक मो.नजामुद्दीन अँसारीको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा राजेशकुमार महतो लगायत दिपेश पण्डित समेतको शिक्षक स्टाफ, कर्मचारी र विद्यार्थीहरुको उपस्थितिमा कविता, कथा, मनोवाद , सायरी ,गीत , गजल, चुट्किला वाचन गरिएको थियो । कार्यक्रममा अजय मण्डल, किरणकुमारी मेहता, वेचन यादब लगायतको प्रस्तुतिले कार्यक्रमको गरिमा बढेको थियो । शिक्षक तथा विद्यार्थीमा गुम्सेको प्रतिभा प्रस्फुटन गर्ने कार्य गतिलो भएको थियो ।


रमेन्द्र कोईरालाका अनुसार कार्यक्रममा गीत,शायरी,मनोवाद,लघुकथा आदि वाचन भएको थियो । प्रमुख अतिथि अंसारीले यस्तो कार्यले विद्यार्थीमा जागरण ल्याएको र नयाँ प्रतिभाको खोजी गर्ने सार्थक काम भएको बताउनुभयो । प्रतिभा खोजी गर्ने उद्देश्यबाट शुरु भएको यो कार्यले विद्यार्थीहरुमा प्रेरणाको कार्यगर्ने विश्वास व्यक्त गर्नुभयो । अत्यन्त उत्साह साथ सम्पन्न भएको सो कार्यक्रम संस्थाका सचिव रमेन्द्र कोइरालाले सन्चालन गर्नु भएको थियो ।