सरस्वती माध्यमिक विद्यालय बबियामा प्रवोधन कार्यक्रम

इनरुवा, असार ६ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयमा प्रवोधन कार्यक्रम सम्पन्न भएको छ । विधार्थीहरुलाई नैतिक चरित्रको बारेमा जानकारी सहित सचेतनाका लागि प्रवोधन कार्यक्रम सम्पन्न गरेको छ । सनातन कुटुम्ब नेपालको आयोजनामा संचालित सनातन दृष्टिमा जीवन प्रबंधन कार्यक्रम अन्तर्गत कक्षा ७ देखि १२ सम्मका विद्यार्थी केन्द्रित प्रबोधन कार्यक्रम गरेको हो ।


आफ्नै स्तरमा प्रकृति संरक्षणको पहल गर्न एवं स्वस्थ आचार विचारको आग्रह, संस्कृतिनिष्ठ जीवनशैली तर्फको ध्यानाकर्षण, राष्ट्र स्वधर्म स्वसंस्कृति प्रतिको निष्ठाबोध एवं संरक्षणबोध, स्वविवेकयुक्त समुचित जोखिम रहित सौहाद्र्रपूर्ण सम्यक् जीवन प्रबंधनको मार्गचित्र प्रस्तुतिकरण, बढदो आत्महत्याका घटना निरुत्साहित गर्न भावनात्मक रूपको प्रयास स्वरुप कार्यक्रम गरेको हो । कार्यक्रममा शंखनाद (यांत्रिक वा व्यक्तिद्वारा)
आसन ग्रहण (विद्यालय प्रतिनिधिद्वारा) गरेकोमा कार्यक्रमको अध्यक्षता विधालयका निमित्त प्रधानाध्यापक तेजनारायण यादवले गर्नुभएको थियो । प्रबोधन प्रारंभिक अशोक चितलांगियाले गर्नुभएको थियो । विद्यार्थीका लागि प्रेरणा शारीरिक सबलताका बारेमा अभियन्ता केदार पोखरेल, सफलताका लागि संवेग व्यवस्थापन स्वच्छताको बारेमा अशोक चितलांगिया,चरित्र सबैभन्दा ठूलो पुज्जीको बारेमा शिक्षक देवकृष्ण यादव, नैतिक चरित्रको बारेमा पत्रकार जयकृष्ण यादव,रील तथा सोर्ट भिडियो संबंधित विचार बारेमा मनोज साह,सहयोग भाव देवकृष्ण यादव, स्वास्थ्य संबंधित विचार बारेमा दामोदर न्यौपाने,
दुव्र्यसनमुक्त बारेमा मनोज साह,सरोकार राख्नु पर्ने सम्बंधित विचार देवकृष्ण यादव,रमेश निरौला समयको समुचित प्रबंधन केदार पोखरेल,सांचो साथी र अन्त्यमा अशोक चितलांगिया र नगर प्रमुख केदार भण्डारीले शुभ भावको बारेमा प्रबचन



कार्यक्रममा विशिष्ट अतिथिहरुमा प्रधानाध्यापक, शिक्षक प्रतिनिधि,विद्यार्थीका तर्फबाट विधार्थी सृति गुप्ता, अनिषा मण्डल र सुरेन्द्र यादव सहितले बोल्दै कार्यक्रम एकदमै सार्थक भएको बताउनुभयो ।