जनता माध्यमिक विधालय सिंगियामा वृत्ति ल्याव सञ्चालन

जजन्युज सम्वाददाता
सुनसरीकाे रामधुनी नगरपालिका ३ काे श्री जनता माध्यमिक विधालय सिंगियामा वृत्ति ल्याव सञ्चालनमा आएको छ । जनता मावि रामधुनी-३ मा स्वीटजरल्याण्ड सरकारको सहयोगमा HELVETAS वाट सञ्चालित ENSSURE परियोजना अन्तरगत स्थापित वृत्ति ल्याव (Carrier Laboratory) को उद्घाटन भएको हो ।

एक समारोहका बिच रामधुनी नगरपालिकाका नगर उप प्रमुख तारा थापाले भव्यताका साथ वृत्ति ल्याव समुदघाटन गर्नुभएकाे प्रधानाध्यापक धनिकलाल मेहताले जानकारी दिनुभयो ।


कार्यक्रममा नगर उपप्रमुख तारा थापाले ल्यावबाट विधार्थीले आफ्नो शिक्षा र भविष्यमा के गर्ने , के पढ्ने बारेमा जानकारी पाउने र सफल जिवनकाे लागि सार्थक सन्देश प्राप्त गर्ने बताउनुभयो ।

कार्यक्रममा रामधुनी नगर कार्यपालिका सदस्य भगवती खड्का, सदस्य अनिल प्रसाद पराजुली, रोजगारशाखा प्रमुख खगेन्द्र सुब्वा, सनम कुमारी राजधानी, शिखा किरण (ENSSURE, प्रतिनिधी), दिनेश कुमार चौधरी, गोविन्दप्रसाद काप्ले (शिक्षक प्रतिनिधी “भेषराज कटवाल , जयकृष्ण यादव, अजित कुमार झा, सुप्रभा धिमिरे, विजयकुमार पराजुली ,एलिना घिमिरे, रन्जु सिग्देल,तिर्सना चौधरी, लक्ष्मी कार्की, श्रीनारायण अधिकारी, रामनारायण पंडित, निर्जन कार्कि, अनुप पराजुली सहितको उपस्थिति रहेको थियो ।