एघारौं अन्तराष्ट्रिय योग दिवसमा याेग शिविर र प्रभातफेरी

एघारौं अन्तराष्ट्रिय योग दिवसमा याेग शिविर र प्रभातफेरी

सुनसरीकाे इनरुवामा एघारौं अन्तराष्ट्रिय योग दिवसकाे अवसरमा याेग शिविर र प्रभातफेरी गरिएको छ । “एक पृथ्वी एक स्वास्थ्यको लागि योग” मुला नाराका साथ पतञ्जली योगपीठ नेपाल महिला पतञ्जली योग समिति नेपाल, पतञ्जली योग समिति नेपाल युवा नेपाल समिति र पतञ्जली योग नगर समिति इनरुवा, सुन्सरीकाे संयुक्त आयोजनामा दिवसकाे अवसरमा याेग शिविर र प्रभातफेरी गरिएको हो ।



पतञ्जली योग नगर समिति इनरुवा अध्यक्ष कैलाश रायका अनुसार दिवसको अवसरमा सप्ताह व्यापी विभिन्न कार्यक्रम गरेको र सनिवार सत्यनारायण मन्दिरको सभाहलमा याेग शिविर तथा प्रभातफेरी गरेकाे छ ।

पतञ्जली योग नगर समिति इनरुवाकाे आयोजना र इनरुवा नगरपालिका नगर कार्यपालिकाको कार्यालयकाे सहयोगमा सदरमुकाम इनरुवामा शिविर तथा प्रभातफेरी गरिएको हो । सुनसरीमा विभिन्न स्थानमा दिवस मनाउनुका साथै याेगकाे उपयोगिता र लाभको बारेमा सन्देश प्रवाह गर्ने गरि कार्यक्रम गरेको छ ।

इनरुवाका दुई स्थानमा भव्य कार्यक्रम भएकोमा पतञ्जली योग नगर समिति इनरुवाकाे कार्यक्रममा नगर प्रमुख केदार भण्डारी र उपप्रमुख विनिता कुमारी मेहताले सहभागीता जनाउनुभयाे ।

एक पृथ्वी एक स्वास्थ्यकाे लागि योग मुल नाराका साथ हलमा गरिएको कार्यक्रममा उधाेग वाणिज्य संघका अध्यक्ष विरेन्द्र साह, याेग गुरु मिश्रिलाल मेहता, निर्मला मेहता, अनिरुद्ध यादव, विनिता दाहाल , जयकृष्ण यादव, देवनारायण साह, जयनारायण मेहता सहितको उपस्थिति रहेको थियो ।

