परम्परागत हानिकारक अभ्यास विरुद्ध सामाजिक तथा कानूनी सचेतना
सुनसरीकाे इनरुवामा परम्परागत हानिकारक अभ्यास विरुद्ध एक दिने कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका ९ बबियामा परम्परागत हानिकारक अभ्यास विरुद्ध सामाजिक तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको हो !

शनिवार इनरुवा न.पा.-९, बबियामा इनरुवा नगरपालिका इनरुवाकाे सहयोग र आवर मिशन इनरुवा-१, सुनसरीकाे आयोजनामानामा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कानूनी सचेतना कार्यक्रममा अधिकारकर्मी तथा पत्रकार जयकृष्ण यादव, सरस्वती केसी लुईटेल, आवर मिसन अध्यक्ष ताेया गिरी , राेशन यादव र जुमराती खां सहितको उपस्थिति रहेको थियो । स । सम्पन्न भएको कार्यक्रममा विशेष गरेर बालविवाह, बहुविवाह, घरेलु हिंसा, दाईजो , छुवाछूत , विभेद भए कहाँ, कसरी मुद्दा दर्ता गर्ने र स्थानीय न्यायिक समितिमा पुग्ने भन्ने विषयमा जानकारी गराइएको छ ।

इनरुवा नगरपालिकाका ३५ जना सहभागीमध्ये पाँच जनाले कानुनी परामर्श लिएका थिए । अन्य सहभागीले कानुनी ज्ञानको अभाव रहेको भन्दै अभियानले केहि कुरा सिकाएको र अन्य दिनमा पनि कानुनी ज्ञानका बारेमा यस्तो कार्यक्रम जरुरी रहेको बताएको थियो ।
