सामुदायिक विद्यालय शैक्षिक सुधारमा हाम्रो भूमिका विषयक कार्यक्रमकाे तयारी

सुनसरीकाे समग्र सामुदायिक विद्यालयकाे शैक्षिक सुधारमा हाम्रो भूमिका विषयक जिल्लास्तरीय कार्यक्रमकाे तयारी भएको छ ।


सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनसरीकाे बुधबार बसेकाे बैठकले शैक्षिक सुधारमा हाम्रो भूमिका विषयक कार्यक्रम साउन १० गतेकाे लागि गर्ने निर्णय गरेको हो । महासंघका जिल्ला अध्यक्ष ओम गाैतमकाे अध्यक्षतामा बसेकाे बैठकले समग्रमा तुलनात्मक रुपमा सामुदायिक विद्यालयहरुमा विधार्थीकाे आकर्षण घटेको र भएको विधार्थी शैक्षिक गुणस्तर सन्तोषजनक नभएकोले त्यसको सुधारमा सराेकारबालाकाे भूमिका जरुरी ठानेर साेही विषयक कार्यक्रमकाे तयारी गर्ने निर्णय गरेको छ । बैठकले महासंघको हालकाे अवस्थाकाे बारेमा समिक्षा गर्दै आ आफ्नो तहबाट हामी सुधार्छाैं हाम्रो विद्यालय नारा अनुसार काम गर्ने प्रयास गरेको र त्यसमा निरन्तर लागि परेको अनि थप शैक्षिक गुणस्तरका लागि पहल गर्ने , अभिभावककाे हितमा काम गर्ने विषयमा छलफल भएको छ ।


त्यसैगरी बैठकले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनसरीकाे सचिवमा जय कृष्ण यादवलाई मनाेनित गरेको छ भने जिल्ला सदस्यहरुमा अमित चौधरी, सीता चाैधरी, राम कुमार मेहत, राज कुमार यादव, सल्लाहकारहरूमा काेवित जंग कार्की, दिपक राई, विश्व ओझा, यादव गौतम र राकेश निरौलालाई मनोनित गर्ने निणर्य गरेकाे छ ।
यसैबीच सामुदायिक विद्यालय शैक्षिक सुधारमा हाम्रो भूमिका विषयक कार्यक्रममा अथिति वक्ता , विशिष्ट अथितिहरू, बोलाउने जिम्मेवारी महासंघ जिल्ला समिति अध्यक्ष ओम गाैतमलाई दिने निणर्य गरेकाे छ । त्यस अधि सबै स्थानीय स्थानीय तहमा छलफला कार्यक्रम चलाउने , स्थानीय तहहरूमा शैक्षिक सुधार तथा गुणस्तरका लागि अन्तरकृया, संवाद छलफल, विद्यालय अनुगमन, विधालय व्यवस्थापन समिति पदाधिकारीहरुलाई क्षमता विकास तालिम, आवश्यकता अनुसार गर्ने निणर्य गरेकाे छ । मानाेनित भएको सचिव यादव र सदस्यहरुलाई स्वागत समेत गरेको महासंघका काेशी प्रदेश कार्यवाहक अध्यक्ष हरिबहादुर कार्कीले जानकारी दिनुभयो ।।