इनरुवा, असार १२ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागु पदार्थ दुव्र्यसन नियन्त्रणमा सबैको भुमिका हुनुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र फ्यान जिल्ला कार्य सम्पादन समितिले बिहिवार सदरमुकाम इनरुवामा आयोजना गरेको प्रभातफेरी तथा लागु ओैषध दुव्यर्सन नियन्त्रणमा प्रहरी र समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्कीले सो कुरा बताउनुभएको हो ।
देशको विकास, समृद्धि र सुशासनको बाधकाको रुपमा रहेको लागु ओैषध दुव्यर्सन नियन्त्रणमा सबैको भुमिका र दायित्व रहेकाले सोही अनुसारले व्यक्ति, परिवार र समाजमा सबैले आ आफ्नो ठाउँबाट योगदान गर्न जरुरी रहेको बताउनुभयो ।


त्यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेशको विभिन्न जिल्लामा अभियानका रुपमा अबको युद्ध दुव्र्यसन विरुद्ध कार्यक्रम सञ्चालन भएको बचाउनुभयो । उहाँले गाउँ, नगरको वडालाई क्रमशः लागु ओैषध दुव्यर्सन मुक्त घोषणा गर्दै जाने अभियानमा प्रदेश सरकार रहेको बताउनुभयो । उहााले समयमा लागु औषध दुव्र्यसन नियन्त्रणमा ध्यान नदिएको खण्डमा यसले विकराल अवस्था ल्याउउने भएकाले समयमा नै सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।


कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भणडरीले लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सहित विभिन्न कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनले लागु औषध, यसले समाजमा पारेको क्षति, कानुनी प्रावधान, सेवनकर्ता बृद्धि हुनुका कारण, रोकथामका उपाय, चुनौती लगायतका विषयमा जानकारी दिनभएको थियो । उहाँका अनुसार खासगरी घरपरिबारबाट प्रभावित भएर बालबालिका, किशोर किशोरी अवस्थाकाले लागु औषधको सेवन गर्ने गरेको पाईएकाले उनीहरुलाई विद्यालय तहबाट दुव्र्यसनबाट जोगाउन अभियान थालेको बताउनुभयो ।


सामाजिक संञ्जालको पहुँचले पनि लागु औषध क्रेता र बिक्रेताहरुले एक आपसमा कुराकानी गरी लुकाएरै भएपनि ओसार पोसार गर्ने गरेकोले अभियानबाट सचेतना फैलाउने काम थालेको उहाँको भनाई छ ।
कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी इश्वर कार्कीले समाजको सत्रुको रुपमा रहेको लागु औषधको सेवन तथा दुव्र्यसनलाई कम गर्ने प्रयासमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले समाजमा साथी संगतको दबाब, एक अर्काको देखासिखी, अभिभावकको निगरानीको कमी, असफलता लगायतका कारणहरुले पनि बालबालिका तथा युवायुवतीहरु लागु औषधको सेवन गर्ने गरेकोले त्यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।


यस्तै, वत्ताहरुले नितीगत र कानुनी ब्यवस्था ब्यवस्था अनुसार अगाडी बढाउने, तीन ओटै सरकारको तर्फबाट पनि मुख्य नितीहरु बनाई नियन्त्रण गर्ने लागु औषध दुरुपयोग नियन्त्रणमा जिल्लाहरुमा समिती बनाउने र निश्चित बजेट समेत निर्माण गरिएकोमा त्यसको कार्यन्वयनमा जोड दिएका थिए ।
यहाँ लागु औषध सेवनकै कारणले पनि अपराधहरु पनि हुने गरेकोले त्यसमा सबै चनाखो भएर अभियानलाई घरघरमा पुर्यायनुपर्नेमा जोड दिएको छ ।
कार्यक्रमको अध्यक्षता कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी इश्वर कार्कीले गर्नुभएको थियो भने प्रमुख अथिती कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की रहनुभएको थियो । कार्यक्रममा राजनितीकदल बिभिन्न कार्यलयहरुका प्रमुख एवम् प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको प्रभातफेरी इनरुवा नगरपालिका–३ स्थित ओम साइराम पार्टी प्यालेसमा कोण सभा तथा लागु पदार्थ तथा तस्करी विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्तरकृया समेत गरेको छ । यहाँ आयोजित लागु ओैषध दुव्यर्सन नियन्त्रणमा प्रहरी र समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री कार्की, सहित कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी, रामप्रसाद मेहता र सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिन, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, इनरुवा नगरपालिकाकाका नगरप्रमुख केदार भण्डारी, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, गढीका अध्यक्ष आशनारायण चौधरी, धरानका उपप्रमुख आईद्र विक्रम बेघा, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियाँ लगायतको उपस्थिती रहेको थियो ।


१, कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागु ओैषध दुव्यर्सन विरुद्धको अभियानको उद्घाटन गर्नुहुदै ।
तस्बिर ः जयकृष्ण यादव ÷ इनरुवा
गोरखापत्रकर्मी यादव सहित लागु पदार्थ दुव्यर्सन विरुद्धका अभियन्ताहरु सम्मानित
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १२ गते । गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव सम्मानित हुनुभएको छ । “अबको युद्ध दुव्र्यसन विरुद्ध” मुलनाराका साथ मनाइएको लागूऔषध दुरूपयोग तथा ओसारपसार विरुद्धकोे अन्तराष्ट्रिय दिवसकोे अवसरमा आयोजित प्रभात फेरी तथा सम्मान कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गोरखापत्रकर्मी यादव सहित लागु पदार्थ दुव्र्यसन विरुद्धका अभियन्ताहरुलाई सम्मानित गरेको छ ।
विहीबार गोरखापत्रकर्मी यादवलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागु ओैषध दुव्यर्सन नियन्त्रणमा सबैको भुमिका निर्वाह गरेको र समाचारका माध्यमबाट योगदान गरेको भन्दै सम्मान गर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र फ्यान जिल्ला कार्य सम्पादन समितिले सदरमुकाम इनरुवामा आयोजना गरेको लागु पदार्थ दुव्यर्सन विरुद्धको कार्यक्रममा फ्यान जिल्ला कार्य सम्पादन समितिका सल्लाहकार समेत रहनुभएका यादव, सल्लाहकार सत्यनारायण मेहता, रमेश भट्टराई, सदस्य तोया गिरी पौदार, विमला ढकाल, सम्भु अधिकारी र बिनिता दाहाललाई सम्मान गरेको हो ।


१, गोरखापत्रकर्मी जयकृष्ण यादवलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानमा योगादन गरेको भन्दै सममान गर्नुुहदै ।
तस्विर ः गोरखापत्र । सुनसरी