एसईईकाे नतिजा सार्वजनिक

जयकृष्ण यादव । काठमाडौं
राष्ट्रिय परीक्षा वाेर्डले २०८१ काे एसईईकाे नतिजा सार्वजनिक गरेको छ । देशका कुल परीक्षार्थी मध्ये
६१.८१ उतिर्ण अर्थात ग्रेड ३८.१९ ननग्रेड भएको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।
यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।
परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। सबै नतिजा वेबसाइटमा केही समयपछि मात्र उपलब्ध हुने बाेर्डले जनाएको छ।
एसइईको वेबसाइट बाहेक परीक्षार्थीले एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सक्नेछन् । नतिजाका लागि ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरेर त्यहाँ दिएको निर्देशनअनुसार सिम्बोल नम्बर दिएरसमेत नतिजा हेर्न सकिने छ।
नतिजा कहाँ हेर्ने:


यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । बोर्डका अनुसार उत्तीर्ण दर यो वर्ष ६१.८१ रहेको छ।

एसइइ, २०८१ को नतिजा प्रकाशित भएको छ ।
३.६ – ४.० जिपिए ल्याउने : ४८ हजार १७७
३.२-३.६ जिपिए ल्याउने : ८१ हजार ३८५ जना
२.८-३.२ जिपिए ल्याउने : ८९ हजार १२४ जना
२.४-२.८ जिपिए ल्याउने : ४८ हजार ४७९ जना
१.६-२.० जिपिए ल्याउने : ८ जना
NG ल्याउने : १ लाख ६७ हजार ५९७ जना
परीक्षा रद्द गरिएको : १२६ जना