नवयुग एकेडेमी SEE नतिजा तर्फ जिल्लाकै उत्कृष्ट हुन सफल भएकाे दावी


देवराज यादव । बलाहा
जजन्युज समाचारदाता
सुनसरीकाे इनरुवा नगरपालिका ५ बलाहाकाे नवयुग एकेडेमी SEE नतिजा तर्फ जिल्लाकै उत्कृष्ट हुन सफल भएकाे छ । नवयुग SEE मा एकै विद्यालयबाट दुईजनाले 4 GPA ल्याउने एक्लो विद्यालय समेत बनेकाे छ ।
नवयुगका प्रज्ञान पोखरेल र सुदिस सुवेदीले 4 GPA अंकसहित एसईई उतीर्ण गरेका छन । सुनसरीबाट जम्मा ७ जनाले 4 GPA ल्याएका छन ।
२०८१ को एसईईमा नवयुग एकेडेमीबाट ५४ जना विद्यार्थीले परिक्षा दिएकोमा २ जना ४ जीपीए, ३९ जना ए प्लस, १२ जना ए र १ जना बी प्लस अंकसहित सतप्रतिसत उतिर्ण भएकाे विद्यालय व्यवस्थापक तथा संचालक खगेन्द्र पाेखरेलले जानकारी दिनुभयाे ।