स्वास्थ्य जाँच सम्बन्धी शिविर सम्पन्न

अपाङ्गगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गगता भएका व्यत्तिहरुको लागि स्वास्थ्य जाँच सम्बन्धी शिविर सम्पन्न भएको छ । जिल्लाकाे भोक्राहा नरसिंह गाउँपालिकाले जिल्ला अस्पताल सुनसरीसँग सहकार्य गरि आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता गाउँपालिकाको उपाध्यक्ष श्रीमती सुनिता कुमारी उरावले गर्नुभएकाे थियो । कार्यक्रममा अपाङ्गता भएको व्यत्तिहरु लाई चेकजाँच ,परामर्श तथा काड पनि बितरण गरेको थियो ।


कार्यक्रम लाई सहजिकरणको लागि जिल्ला अस्पतालबाट हड्डी तथा नशा रोग बिशेषज्ञ डा. सुरज दाहाल , जेनरल फिजिसियन डा. रंजित सिंह मेहता र नाक कान घाँटी रोगको बिशेषज्ञ डा राजेस कुमार राय नोबल मेडिकल कलेज बाट आइ सहजिकरण गरेको थियो । कार्यक्रम भोक्राहा नर्सिङ गाउँ पालकिको स्वास्थ शाखा प्रमुख हिरा लाल साहको अग्रता मा सफल भएको थियो । कार्यक्रम मा प्रमुख अथिति गाउँ पालिका अध्यक्ष अजमल आजाद ले गर्नु भाथ्यो एंवम भोक्राहा गाउँ पालिका को सहयोग सफल भएको थियो ।