प्राथमिक स्वास्थ्य केन्द्र मधुवनमा सामाजिक परीक्षण कार्यक्रम

सुनसरीको बराहक्षेत्र नगरपालिकाको स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम गर्ने क्रममा मधुवन प्राथमिक स्वास्थ्य केन्द्रमा संघीयता पछि पहिलो पटक एतिहासिक रुपमा परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

बराहक्षेत्रको स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गर्ने क्रममा मधुवनमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थित प्राथमिक स्वास्थ्य केन्द्रको आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्षको अन्तमा अनिर्वाय रुपमा सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको हो ।
बराहक्षेत्रको स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई समुदायले कसरी महसुस गरेको उपलब्धि, अनुभव, बुझाई र दृष्टिकोण थाहा पाउन भनेर सामाजिक परीक्षण गरेको बराहक्षेत्र ११ स्वास्थ्य केन्द्रका डा.सुनिल चौधरीले जानकारी दिनुभयो ।

डाक्टर चौधरीले आफू स्वास्थ्य केन्द्रमा आएपछी स्वास्थ्य क्षेत्रमा निकै सुधार ल्याएको बताउनुभयो । चौधरीले उपकरण र उपकरण चलाउने जनशक्ती सहित सहित सौचालयको अति आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मोहन माविका प्रधानाध्यापक भोजराज न्यौपानेले प्राथमिक स्वास्थ्य केन्द्रको रिक्त रहेको एक जना एमबीबीएस डाक्टरको तत्काल पद पुर्ती गर्नुपर्ने, केन्द्रलाई अस्पातलको रुपमा स्तोरोन्नती गर्नुपर्ने , २४ घण्टे आकस्मिक सहितको सेवा दिन पहल गर्नुपर्ने, प्रयोगशाला तथा ऐ क्सरे सेवा प्रभावकारी चलाउनुपर्ने र जनशक्ती थप गर्नुपर्ने बताउनुभयो । उहाँले भएको जनशक्तीले राम्रो काम गरेको, भएको औषधी वितरण गरेको बताउनुभयो ।

सहभागी महिला स्वास्थ्य स्वयमसेविका पुनमकुमारी मेहताले आफूहरुलाई तालिम सहित स्वास्थ्य किट, त्रिपाल, छाता र टर्च लाईट सहितको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

सहभागी महेन्द्र खत्वेले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ सैयाको अस्पातलको रुपमा स्तोरोन्नती गर्नुपर्ने, २४ घण्टे आकस्मिक सहितको सेवा दिन पहल गर्नुपर्ने, औषधीको व्यवस्था नियमित गर्नुपर्ने तथा ऐक्सरे सेवा चलाउनुपर्ने र तत्कालका लागि जनशक्ती थप गरी विपन्नलाई सेवा प्रभावकारी दिनुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी जनता मावि मधुवनका प्रधानाध्यापक गंगा प्रसाद यादवले कम जनशक्तीमा राम्रो सेवा दिएको बताउनुभयो । उहाँले भएको राम्रो कामलाई अझै राम्रो बनाउन पहल गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण देखी ल्यावको थप व्यवस्था र बिमा तथा निशुल्क औषधी वितरणलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
स्वास्थ्यकर्मी हिमा मगरले आफूहरु सेवा गर्नआएको स्वास्थ्य संस्थामा अझ सधुार गर्न आएको सुझावलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बेलाबखतमा निशुल्क औषधी र विमाका औषधी अभाव भएकाले त्यसको मार सेवाग्राहीलाई मात्रै नभएर पनि आफूहरुलाई नियमित सेवामा असर परेको बताउनुभयो ।

सहभागी तसेवर खानले प्रयाप्त औषधीको व्यवस्था गर्नुपर्ने, दैनिक सेवा प्रवाह गर्नेहरुको ब्यावहार अझै सुधार हुनुपर्नेे सुझाव दिनुभयो ।
बराहक्षेत्र नगरपालिका ११ का वडा अध्यक्ष कृष्ण कुमार महतोको अध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण एवं संचालन सामाजिक परीक्षक जयकृष्ण यादवले गर्नुभएको थियो । सम्पन्न सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा सहभागीहरुले उतम कार्यक्रम भएको बताउनुभयो । पहिलो पटक सामाजिक परीक्षण गरेर आफ्नो विवरण र प्रतिवेदन सार्वजनिक गर्दै नागरिक तथा सरोकारबालाहरुसंग पृष्टपोषण लिने काम गरेकोमा सहभागीले प्रसंसा गर्नुभयो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष केदार विष्टले आफूहरुको पालामा १५ सैयाको अस्पतालमा स्तोरोन्ती गर्ने पहल भएपनि केही कारणबस नभएकाले अहिलेको स्वास्थ्यमा निकै सुधार ल्याउने काम भएको बताउनुभयो । उहाँले हप्तामा एक दिन भएपनि स्वास्थ्य परीक्षणका लागि ऐक्सरे, ल्यावको उपकरण र जनशक्ती आवश्यक रहेको बताउनुभयो ।

सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, अनियमितता, पारदर्शिता र प्रभावकारिताबारे सम्बन्धित सेवाग्राही, सेवाप्रदायक÷व्यवस्थापकीय पक्ष तथा सरोकारवालाहरुको धारणाका आधारमा गरिने विश्लेषणात्मक लेखाजोखा नैं सामाजिक परीक्षण भएकाले सरोकारबालाहरुको बीचमा कार्यक्रम गरेको हो ।