सुनसरीको सीमवर्ती देवानगञ्ज गाउँपालिकाको विभिन्न वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा आईतबार साहेवगञ्जमा देवानगञ्ज ५ नम्बर वडामा सरोकारबालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

जनता र जनप्रतिनिधिहिरुका बीचमा भएको विकास योजना र खर्च भएको बजेटको सार्वजनिकिकरण सहित देवानगञ्ज ५ नम्बर वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । देवानगञ्ज वडा नं ५ मा वडा अध्यक्ष मनोजकुमार मण्डलको अध्यक्षतामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । देवानगञ्ज ५ नम्बर वडा कार्यालय सभा हलमा सरोकारबालाहरुको उपस्थिती र नर्सिङ मल्टि ट्रेनिङ सेन्टर भोक्रहा नर्सिङ ७ सुनसरीको सहजिकरणमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको जनाएको छ । देवानगञ्ज गाउँपालिका वडा नं ५ का वडा सचिव खेमराज पोखरेलले सार्वजनिक सुनुवाइमा वडाको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।


कार्यक्रममा निवर्तमान वडा अध्यक्ष असोक कुमार यादवले देवानगञ्ज ५ नम्बर वडामा विकासले गति लिन नसकेको र वडा सरकारले सरोकारबालाहरुलाई उपेक्षा गरेको गुनासो गर्नुभयो । यादवले विकासमा पारदर्शीता र जनसहभागीता सहितको आवश्यकतामा अधारितहुनुपर्नेमा जोड दिनुभयो ।

युवा नेता इन्द्रकुमार मेहताले सुशासनमा देवानगञ्ज ५ नम्बर वडा कार्यालष् पछाडी परेको र वडा तीन वडा सार्वजनिक सुनुवाई हुनुपर्नेमा तीन वर्षमा एक पटक मात्रै सरोकारबालाहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई भएको बताउनुभयो । उहाँले अमरसिंह मावि सहित वडाका तीन विद्यालयमा शैक्षिक गुणस्तर खस्केकोले नियमित पठनपाठन सहित समिति विहिन रहेको विद्यालयमा समिति निर्माण गर्नुपर्ने सुझाव दिनुभयो।