सुनसरीको दुहबी नगरपालिका वार्ड न.१ प्राष्टोकी माइती घरमा २८ वर्षीया रुबेदा खाफतुन माथि तिन हप्ता अघि आक्रमण गरि ज्यान मार्ने प्रयास र कुटपीटबाट गर्भ पतन गराएको घटनाको मुद्दा दर्त्ता गर्न प्रहरीले अनाकानी गरेको गुनासो आएको छ।

ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीमा रुबेदा खाफतुनको हकमा निजकै बुवा वर्ष ४३ को औवेश मियाले जाहेरी दिदाँ समेत सुनुवाई नभएको गुनासो गर्नु भयो। ज्यान मार्ने उद्योग र गर्भ पतन गराएको सम्वन्धि कसुर गर्ने मैफुज मिया,दुहबी न.पा. वार्ड न.१ प्राष्टोकी बस्ने वर्ष २५ को मो. मैबह मिया, ५० वर्षको अख्तर मिया, २० को उमर मिया, ४५ को मुस्तकीम मियालाई कार्वाहीको माग गर्दै जाहेरी दिनु भएको छ। पिडितका जाहेरी अनुसार सुनसरीको दुहबी न.पा. वार्ड न.१ स्थित  पिडितका घर आगन अगाडी टासिएको सार्वजनिक सडकमा मिति २०८२/०२/३० गते बेलुका ५ बजेको समयमा घटना भएको थियो। कसुर संग सम्बन्धित घटनाको विवरणः-बिरुद्द खण्डमा उल्लेखित प्रतिवादीहरु मेरो साघ सिमाना को छिमेकी हरु हुन। पिडित रुवेदा खातु तथा निजको पति मो. नाजिर म जाहेरवाला पिताकै माइती घरमा बसी रहेकी छिन । प्रतिवादीहरु छन् मेरो परिवार छोरी ज्वाई समेतका साध सिमानाको पहिला देखीनै झगडीया व्यक्ती भएको प्रतिवादीहरुले पटक पटक मेरो छोरीलाई नाना थरिका गलत आरोप लगाउदै धाक धाम्की दिदै आएको थिए । यस्तैमा पक्रण ६ (क) मा उल्लेखित मिति समय स्थानमा मेरो छोरी रुवेदा खातुन घरमा एक्लै बसी रहेकी अवस्थामा प्रतिवादीहरुले सोही मोका छोपी छोरी बसेको कोठामा एक्कासी प्रवेश गरी प्रतिवादीहरुले छोरी रुवेदा खातुन को कपाल समाई लछार पछार दुव्यवार गर्दै घिसारिदै छोरीलाई ज्यान मार्ने उद्देश्य लिई प्रतिवादी मो. मैबुह मियाले फलामको रडले छोरीलाई टाउकोमा प्रहार गर्दा टाउको फुटी रगपच्छे भै त्यसपछि छोरीको पेट लगायत शरिरको विभिन्न अंगमा लात्ती मुडकी समेतले प्रहार गरेको र प्रतिवादी मो. मैफुज मिया समेतले धारिलो खुकुरी ले छोरीको टाउको लगायत सम्वेदन सिल अंगमा प्रहार गर्न लाग्दा मेरो पत्नी तथा पिडितको आमाले बचाउ बचाउ भनि हल्ला गर्दा गाउँ समाजका मान्छेहरुले हल्ला सुनी आउन साथ प्रतिवादीहरु आ-आफ्नु घर तर्फ भागी गएको हो। छोरीको अस्था हेरी तत्कालै उपचार गराउन सामुदायक अस्पताल दुहबीमा लगी त्यहा इलाज हुन नसकी बिराट टिचिङ हस्पीटल र त्यस पछि कोशी अंचल अस्पतालमा लगी हाल उपचारको क्रममा छन् । यसरी प्रतिवादीहरु पुरानो रिस ईख लिई ज्यान मार्ने उद्देश्यले फलामको रड धारिलो खुकुरी लात्ती मुडकी समेतले शरिर को बिभिन्न अंग लगायंत पेटमा प्रहार गर्दा छोरीको ८ हप्ता पाँच दिनको गर्भ समेत तुहिन गएको हुदा प्रतिवादी समेतलाई पक्राउ गरी मुलकी घपराध सहिता २०७४ को दफा १८३ न. बमोजिम ज्यान मार्ने उद्योगमा र छोरीको पेटमा रहेको गर्भ समेत तुहाएको हुदा १८८ ३ (क) बमोजिमको हदै सम्मको सजाय गरी पाउन यो जाहेरी दरखास्त साथ उपस्थित भएकी छु । जाहेरीमा भनिएको छ,  कसुरको प्रकृति र कसुर संग सम्वन्धि अन्य बिवरणः- गाउँ वस्तुस्थिती बुझी पाउँ ।कसुर संग सम्वन्धि सबुत प्रमानः-पिडित छोरी स्वेदा खातुनको घाउँ जाच केश फारम को प्रमाण लगाई पाउँ। ङ. कसुर संग सम्वन्धित अन्य विवरनः- छोरी को पेतमा रहेको८ हप्ता पाँच दिनको गर्भ समेत तुहिन गएको भिडियो ऐक्स रिपोट र कुटपिट गर्दा समेतको भिडियो प्रमान लगाई पाउँ। यो दरखास्तको व्यहोरा ठिक साचो छ झुठो ठहरे कानुन वमोजिम सहुला बुझोउला प्रहरी द्दोरा अनुसन्धान हुदा वा अदालतमा मुद्दा चल्दाको बखत उपस्थित हुनु पार्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछु।भन्दै जाहेरी वा सुचना दिने व्यक्तिको नामः – औवेश मिया रहेको उल्लेख गरिएको छ।
घटनाको विषयमा इलाका दुहबीमा बेवास्ता गरेको भन्दै पिडितका बुबा र दाजुभाइ प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनालाई भेटी मुद्दा दर्त्ता गर्न आग्रह गरेको छ। तिम्सिनालाई भेटी मुद्दा दर्त्ता गर्न इलाकामा अस्वीकार गरेको पिडितले गुनासो गरेकोले  तिम्सिनाले पिडक वा दोषीलाई कार्वाही हुने आस्वान दिनु भयो।