विद्यालयमा शैक्षिक गुणस्तरको विषयमा संवाद

सुनसरीको भोकाहा नरसिह गा.पा. ७ स्थित जनता माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तरको विषयमा संवाद भएको छ। सम्पन्न भएको शैक्षिक गुणस्तरमा सरोकारवालाहरूको भूमिका विषयक संवाद कार्यक्रममा सहभागीहरुले शैक्षिक गुणस्तरको सुधार र सुशासनको लागि विभिन्न संवालमा प्रतिवद्ध रहेको प्रतिवद्धता जनाएका छन्।

सहभागी पुर्व प्रधानाध्यापक अबधविहारी साहले विद्यालयको समग्र शैक्षिक गुणस्तरका लागि हामी सबैले आ-आफ्नो स्थानबाट भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकाे बताउनु भयो ।

सहभागीहरुले विद्यालय क्षेत्रका अभिभावक, शिक्षक, प्र.अ. र विधालय व्यवस्थापन समिति विचमा समन्वय गर्ने, शिक्षाको नीतिगत अवस्था अनुसार कार्यन्वयन गर्न प्रतिवद्धता व्यक्त गरेका छन्।

सहभागी राजेशवर प्रसाद साहले विधालय को भौतिक पूर्वाधार र विषयगत शिक्षकका लागि सम्बन्धीत निकायमा पहल प्रयास गर्ने सामुहिक प्रतिवद्धता जनाएकाे बताउनु भयो।


सहभागीसबैले
विद्यालयको समग्र सम्पती संरक्षणमा पहल गर्ने, वार्षिक कार्य योजना बनाइ कार्यन्वयन गर्ने ।

गराउन पहल गर्ने, राजनितिक दल, नागरिक समाज, जनप्रतिनिधिहरु वेलाबखतमा अनुगमन गर्ने, अनुगमन अनुसार प्रतिवेदन सुभाव पेश गर्ने प्रतिवद्धता जनाएका छन्।