सुनसरीको सबै स्थानिय तहमा विद्यालय शिक्षा विधेयकमा आफूसँगका सहमति कार्यन्वयन नगरिएको भन्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले धर्ना दिएका छन्। पुर्व घोषित कार्यक्रम अनुसार भदौ १३ गते स्थानीय तहमा धर्ना दिएको छ। महासंघले इनरुवा सहित सबै स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाइ २ घन्टा धर्नाको कार्यक्रम गरेको हो। महासंघले विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्नासँगै स्थानीय तहमा समेत आन्दोलन अगाडि बढाएको बेला इनरुवामा धर्ना दिएको छ । 
महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आफुहरुले इनरुवामा धर्ना दिएको र ध्यानाकर्षण पत्र बुझाएको नेपाल  शिक्षक महासंघले जनाएको छ।