जयकृष्ण यादव। इनरुवा
सुनसरी सहित विभिन्न स्थानमा बसोबास गर्ने उराव समुदायको महान पर्व करमको लागि विधि अनुसार जमरा राखिएको छ। जिल्ला सदरमुकाम इनरुवामा भव्यताका साथ उराव समुदायको महान पर्व करमको लागि विधि अनुसार जमरा राखिएको हो।नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको अगुवाइमा उराँवहरूले जमरा राखिएको छ भने भदौ पुर्णिमाको दिन पारेर ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ। उराव समुदायको बसोबास रहेको बस्तिमा समेत जमरा राखिएको र अखडामा मौलिक नाचगान सुरु भएको उराँवहरूले बताएका छन्।


यता सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको छ । सुनसरीमा बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा भदौ २२ गते पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । 
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा उराँवहरूले जातीय पहिरनमा  र्‍यालीसहित नगर परिक्रमा गर्ने, प्रतिष्ठानको कार्यालय इनरुवा २ करम टोंकामा सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको जनाएको छ । 


उराँवको महान् पर्वको बारेमा जानकारी दिन, मौलिक कला तथा भाषाको संरक्षण गर्ने र उराँव मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताउनुभयो ।


उराँवले उराँव समुदायहरूको हक, अधिकार र पहिचान संरक्षणका लागि समेत आठौं करम पूर्वसन्ध्या कार्यक्रम गर्ने तयारी भएको बताउनुभयो । उराँवहरूको आफ्नै मौलिक पहिचान, भाषा, लिपि र संस्कृति भएकाले त्यसको संरक्षणमा योगदान गर्न करम पूर्वसन्ध्या गर्ने तयारी गरेको जानकारी दिनुभयो । 


यस कार्यक्रमले उराँवहरूको पहिचान तथा सम्मानका लागि समेत योनदान गर्ने अपेक्षा गरेको शिक्षक सम्पतलाल उराँवले बताउनुभयो । करमका लागि उराँव समुदायले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरनसहित नाचगान गर्ने, प्रवचन भन्ने र सुन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गर्ने तयारी भएको शिक्षक परमेश्वर उराँवले बताउनुभयो । सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य र झाँकी प्रदर्शन गर्ने उहाँको भनाइ छ ।
करम पूर्वसन्ध्या कार्यक्रममा आफ्नो कलाकौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गर्ने नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सदस्य ब्रह्मदेव उराँवले बताउनुभयो । 
नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभूषा र भाषा, संस्कृतिप्रति जानकारी दिने र इनरुवा झोडा फँडानी भएका समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउन कार्यक्रम सार्थक हुने उल्लेख गरिएको छ  । प्रतिष्ठानका सम्पलाल उरावका अनुसार सनिवार जमरा राखिएको र नेंगले करमको पूजा अचर्ना गर्छ ।

थप जानकारी बेचन उरावको लेखबाट
मूलतः पूर्वी तराईमा बसोबास गर्ने भूमिपुत्र उराँवहरु अहिले उनीहरुको मुख्य चाड करम पूजा मनाउनमा बेस्त छन् । यो पर्व नेपालमा झापा, मोरङ्ग, सुनसरी, सिरहा, बारा, पर्सा, धनुषा जिल्लामा रहेका उराँवहरुले मनाउने गरेका पाईन्छ । पहिले यो चाड भाद्र शुक्ल एकादशीको दिन मनाइन्थ्यो । आजभोलि भाद्र पूर्णिमाको दिन करम पूजा मनाइन्छ । यो दिन मनाउने करम पूजालाई “राजी करम” भनिन्छ । यस दिनदेखि उराँवहरुका बस्तीमा करम पूजा शुरु भएको मानिन्छ र दशैंको टिका सम्म करम पूजा धुमधाम र उमंगका साथ मनाउने गर्दछन् । भाद्र पूर्णिमा आउनु एक हप्ता अगाडी जमरा राख्छन् ।  जमराका लागि समाजमा बैठक बसिन्छ । करम पूजा गर्नका लागि दिन तोकिन्छ । सोही दिन देखि त्यो गाँउमा करम पूजाको रौनक आउछ । करम पूजा गर्नका लागि सबैको घरमा जमरा राखिन्छ ।
यो कार्यलाई यिनीहरु “जवा खÞोप्पना ” भन्दछन् । यो दिन करम गाड्ने व्याक्ति जसलाई यिनीहरु “ नेंग” भन्दछन् । उसले गाँउलेहरुलाई जमरा राख्ने दिनमा आफ्नो घरमा बोलाउछ । गाँउका हरेक घरबाट बालुवामय माटो ल्याउन  मादल, नगरा बजाउदै र नाच्दै नदि किनार लैजान्छ । त्यहाँ माटो ल्याउनु अगाडी धरती माताको पूजा गरिन्छ । र नदि किनारको शुद्घ माटो नेंगको घरमा ल्याइन्छ । घरको आँगनमा चौका बनाइन्छ । चौकामा दियो बत्ती, धुप आदि बालिन्छ । नदि किनारबाट ल्याएको माटो चौकामा राखिन्छ । माटोमा मकै, जौं, तिल, धान आदि सात किसिमका अन्न मिसाएर जमरा राखिन्छ । ती अन्न मिसाएको माटो गाँउका हरेक घरमा । राख्नका लागि दिइन्छ । सबैले ती जमरालाई शुद्घ नयाँ माटोको भाडोमा शुद्घ ठाँउमा राख्ने गर्दछन् । दिनहु जस्तो त्यो जमरामा पानीमा बेसार मिसाएर छर्कन्छन् । यसो गर्नाले जमरा राम्रो र आर्कषक बन्छ भन्ने यिनीहरुको जनविश्वास रहेको पाईन्छ । र यिनीहरु करम पूजाको दिन यो जमरालाई लिएर अखड़ा अर्थात करम पूजा हुने ठाँउमा राख्ने गर्दछन् ।  
करम पूजा उल्ला 
करम पूजाको दिनलाई यिनीहरु “करम पूजा उल्ला” भन्दछन् । यस दिन यिनीहरु सबैले आफ्नो घर आँगन लिपपोत गरी सफासुग्घर गर्दछन् । यो दिन बिहानै देखि घर आँगन र अखड़ामा मादल, नगरा तथा झमटा बजाइन्छ । गीत गाईन्छ । यो दिन भाद्र पूर्णिमाको दिन भएकोले तीन तीन जना कुमार र कन्या (कुवार) केटा–केटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु  र महिलाहरु अखड़ामा जम्मा हुन्छन् । गीत गाँउछन् र नाच्छन् । पुरुषहरुको टोली बाजा–गाजा सहित करम रुखको हाँगा काट्न जान्छन् । महिलाहरु टोली पनि बाजा–गाजा सहित कक्रो (गंगटो) फूल टिप्न जान्छन् । पुरुषहरुको टोलमिा उपवास भएका तीन कुमार हुन्छन् । भने महिलाहरुको टोलीमा पनि तीन जना उपवास बसेका कन्या हुन्छन् ।


यो दिन भाद्र पूर्णिमाको दिन भएकोले तीन तीन जना कुमार र कन्या (कुवार) केटा–केटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु  र महिलाहरु अखड़ामा जम्मा हुन्छन् । गीत गाँउछन् र नाच्छन् ।
पुरुषहरु करम रुखको तीन वटा  हाँगा काटी ती कुमार केटाहरुले ल्याउँछन् । भने केटीहरुले कक्रो पूmल ल्याउँछन् । महिला र पुरुष फेरी अखड़ामा जम्मा हुन्छन् । एकछिन नाच्छन, गाँउछन् । गीतको दोहोरी चल्छ । त्यसपछि नेग जो करम गाड्छ उसले ती तीनवटै करम हाँगालाई आफ्नो छानामा राख्छ । सबै आफ्नो इष्टमित्र, पाहुनासँग मिलेर मीठो मसिनो खान्छन् । खाना पश्चात् उनीहरु अखड़ामा जम्मा हुन्छन् । नेगले  अखड़ामा करम गाड्छ । करम अगाडी दीयो र अगरवत्ती बाल्छन् । हरेक घरका आइमाईहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानीले करम बाबाको पूजा अर्चना गर्नका लागि आउछन् । नेंगले करमको पूजा अचर्ना गर्छ ।
करम बाबा को पूजा गराउने र कथा श्रवण गराउने व्याक्तिलाई यिनीहरु “अखड़ा जगउ” भनेर यिनीहरु भन्ने गरेका हुन्छन् । यो कार्य गाँउको सबैभन्दा बुढो व्याक्तिले गर्ने गरेको पाईनछ । घर घरका महिलाहरु अखड़ामा जम्मा हुन्छन । यिनीहरुको समाजमा करम पूजा सबैले एकैचोटी नै गर्ने गरेको पाउछौं । यिनीहरु करमको पूजा गर्नु अगाडी करमलाई तीन पटक घुम्छन् । करम बाबालाई यिनीहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानी चढाँउछन् । यो कार्य  करम बाबाको पूजा गर्दछन् । अखड़ा रुग्र्ने बूढो पूजारीले करम पूजा र करम बाबाको महिमा बारेमा कथा श्रवण गर्छ । कथा सुन्दै महिला र पुरुष पूजा गर्छन् । बाजा–गाजा सहित करमलाई तीनपल्ट परिक्रमा गर्छन् । केटा–केटी, महिला र पुरुषसँग मिलेर रातभर बाजागाजा सहित रातभर नाच्छन् । गाउँछन्  यो कार्य रातदेखि बिहान करिब १० बजे सम्म चल्छ । 
यो पूजा उनीहरु खेतपाती लगाई सकेपछि आफ्नो थकान मेटन र अन्नवाली राम्ररी उब्जीयोस् भनेर आफ्नो कर्मलाई पूजा अर्चना गर्छन् । कोही भन्छन् वन–जंगलमा सिकार खेल्दा राती करम रुखले बाघ, भालु तथा अन्य जंगली जनावरबाट जोगाएकोले यो रुखको पूजा गर्छन् ।                                    
उराँव महिलाका लोग्ने मान्छेहरु कमाउनलाई बाहिर जाँदा उनीहरु धेरै वर्षसम्म फर्किएनन् । नफर्केपछि उनीहरुका महिलाहरुले करमको पूजा अर्चना गरेपछि उनीहरुको आफ्नो घरतिर ध्यान खुल्यो र घर फर्के ।
कोही भन्छन्– उराँव राज्यमा अकाल प¥यो । अन्नवाली नउब्जेपछि यिनै रुखको धार्मिक रित अनुसार पूजा गरेपछि धन धान्यले सम्पन्न भयो । कोही भन्छन्– उराँव महिलाका लोग्ने मान्छेहरु कमाउनलाई बाहिर जाँदा उनीहरु धेरै वर्षसम्म फर्किएनन् । नफर्केपछि उनीहरुका महिलाहरुले करमको पूजा अर्चना गरेपछि उनीहरुको आफ्नो घरतिर ध्यान खुल्यो र घर फर्के । यिनीहरुका अनुसार रोहतास लुटिएपछि छोटा नागपुरको जंगलमा आएर करमको रुखमुनि बसी ज्यान जोगाएकाले करम रुखको हाँगा पूजा गरी चाड मनाउन थालिएको हो भनेर पनि यिनीहरु भन्ने गरेका पाइन्छ । 
करम पूजा बारे विभिन्न कथन भएपनि उनीहरु आफ्नो घरमा सुख, शान्ति र समृद्धि ल्याउन यो चाड मनाउने गर्छन् । उनीहरु कर्ममा विश्वास गर्छन् । करम बाबालाई खुशी पार्छन् । जुन परिवारमा वालबच्चा हुदैन । उनीहरु बच्चाका लागि करम बाबासँग भाकल गर्दछन् । जसको घरमा श्री सम्पत्ति नहुनेले सम्पत्तिका लागि करम गाड्छन् । रोगव्याधी उन्मुक्तिका लागि करम गाड्छन् । 
करमलाई दोश्रो दिन बिहानी पख उखालिन्छ । कुमार केटा–केटीको हातबाट करमलाई घर–घरमा डुलान्छ, नाचिन्छ । प्रत्येक घरबाट आफ्नो गछय अनुसारको उपहार, प्रसाद, र पैसा करम बाबालाई चढाउँछन् ।
करमलाई दोश्रो दिन बिहानी पख उखालिन्छ । कुमार केटा–केटीको हातबाट करमलाई घर–घरमा डुलान्छ, नाचिन्छ । प्रत्येक घरबाट आफ्नो गछय अनुसारको उपहार, प्रसाद, र पैसा करम बाबालाई चढाउँछन् । यसो गर्नुको मुल उद्देश्य करम बाबाको कृपा गाउँका प्रत्येक घर–घरमा रहोस् । अन्न, शान्ति, प्रगति, उन्नति होस् । परिवारमा कसैको अकाल मृत्यु नहोस् । सबैको परिवारका वालबच्चा हाँसी खेलून भनी यिनीहरु करमको हाँगालाई गाउँभरि डुलाउँछन् । अन्त्यमा करम बाबा अर्थात करमको हाँगालाई बाजा–गाजा सहित नदीमा लगि सेलाउँछन् । नुहाई धुवाई गरी सबै गाउँ फर्कन्छन् । उपहार, प्रसादलाई सबै मिलेर खान्छन् । नगद रकमलाई सामाजिक कार्यका लागि संचित गरी राख्छन् । र करम पूजामा करमलाई गाँउमा डुलाएको वापत उठेको रकमलाई यिनीहरु गाँउको सामाजिक कार्यमा खर्चने गर्दछन् । करम पूजा विभिन्न प्रकारको हुन्छ । डोड्डो करम, राजी करम, नेग करम, जोखÞ करम, जितिया करम, दसे करम आदि हुन । नेंग अर्थात निज्ज करम पछि हुने करम पबनी लाई यिनीहरु डोड्डो करम भन्दछन् । करम भिन्न–भिन्न समयमा फरक फरक ढंगबाट गाडिन्छ अर्थात मनाइन्छ । करम पूजा निम्न प्रकारका हुन्छ ।

डोड्डो करम   
उराँव समाजमा करम पर्वलाई धुमधामसंग मनाउने गर्दछन् । तर निंज्ज करम अर्थात राजी करमलाई छाडेर सबै करमलाई उराँव समाजमा डोड्डो करम भनिन्छ । डोड्डोको अर्थ हुन्छ पुरानो, थोत्रो, फोहोर । यो भन्नुको अर्थ निंज्ज करम नै प्रमुख करम पूजा हो । यो बाहेकको करम एउटा उत्सव तथा उमंगको लागि मात्र यो पूजा गर्ने गरेका छन् । अरु करम पूजा भाकलको रुपमा गरिन्छ । आफ्ना मनमा चिताएका कुरा पु–याउनका लागि अन्य करम पूजा गर्ने गर्दछन् । निंज्ज करम बाहेक अरु करम जस्तै जितिया करम, गछुवा करम, जोखÞ करम, दसे करम आदि डोड्डो करम अन्तर्गत पर्ने गर्दछ ।
निज्ज करम  
नेपालमा भाद्र पूर्णिमाको दिन मनाउने करम पूजालाई निज्ज करम भनिन्छ । यो चाड नेपालभरि एउटै दिनमा मनाउने चलन रहेको छ । यो करम पूजालाई राजी करम वा नेंग करम पनि भनिन्छ । यो करम पूजा गाँउका नेंग हुने व्यक्तिले गाडने चलन । नेंग भन्ने कुरा गोत्रबाट थाहा पाउने कुरा हो– जो सँग नेंग हुन्छ उसले मात्र करम गाड्न पाउँछ । नेंग हुनेले वर्षमा करम गाड्नु पर्छ । उनीहरुको मुख्य देवताका रुपमा करम हुन्छ । उनीहरुले करम नगाडे पनि घरमा करमको नाममा पूजा–पाठ गर्नु पर्छ । करम गाड्नाले परिवारमा श्रीसम्पत्ति आउने, परिवार सुख–शान्तिमा हुने र परिवारमा अकाल मृत्यु नहुने जनविश्वास छ । 
जोंख करम  
उराँव समुदायमा निज्ज अर्थात नेंग करमको पछि मनाउने करम चाडलाई जोंख करम भन्ने गरिन्छ । जोंख करम टोल या गाउँका युवा जमात मिलेर गाड्ने गर्दछन् । जोंख करम गाउँमा नेंग नभएका गाउँमा गाड्ने चलन रहेको छ । उराँवमा यो चाड सबैभन्दा बढी मनाउने चाडका रुपमा रहेको छ । 
गछुवा करम
गछुवा करमको महत्व अलि फरक छ । परिवारमा छोराछोरी पाउन, रोगव्याधीबाट बच्न, मनमा चित्ताएको इच्छा प्राप्त गर्नका लागि भाकल स्वरुप गछुवा करम मनाउने गर्दछन् । गछुवा करम पनि निंज्ज वा नेंग करमको पछि मनाईन्छ । गछुवा करम गाड्ने चढ्ने भागल गरेका व्यक्तिले गर्छ । अन्य वैधिक परम्परा करम पूजा अनुसार नै पूजा–अर्चना र समापन  गर्ने चलन रहेको छ । 
जितिया रकम 
जितिया पर्वका अवसर पारेर गाउँका भद्रभलादमीका निर्णयबाट करम गाड्ने दिनलाई जितिया करम भनिन्छ ।  जितिया करम गाउँको एउटा उत्सव तथा महोत्सवका रुपमा मनाउने चलन छ । जितिया करम खास गरेर गाउँ, परिवारमा सुख, शान्ति, उन्नति तथा प्रगति ल्याउनका लागि यो पर्व मनाईन्छ । 
दसे करम  
बडादशैंको अबसर पाटी टिकाको दिन करम गाड्ने गर्छन् । वडादशैको अबसरमा मनाउने करमलाई दसे करम भनिन्छ । यिनीहरु भन्दछन्– कात्र्तिकको समयमा गाउँमा विभिन्न रोग व्याधी लाग्छ । त्यसबाट बच्नका लागि गाउँका सबै मिलेर दसे करम मनाउँछन् ।