नयाँ सरकार संग वैदेशिक रोजगारी र ठगी नियन्त्रणमा जनअपेक्षा
सुमन राय (इनरुवा -५ बलाहा)

नेपालमा रोजगारीको अवसर नहुदां युवाहरु खाडी मुलुकमा आफ्नो पसिना बेच्न बाध्य छनन् तर यस सँगै ठगी,शोषण ,झुठा आश्वासन र सुरक्षाको समस्या पनि विकाराल अवस्था देखिन्छ । त्यसैले नयाँ सरकार संग वैदेशिक रोजगारी लाई सुरक्षित,व्यवस्थित, ठगीरहित र प्रविधि मैत्रि बनाउन जनअपेक्षा रहेको छ ।
सबै भन्दा पहिले जनताले रोजगारीको प्रक्रिया लाई सरल र सहज बनाउन अपेक्षा गरेका छन् ।अहिले धेरै कामदार जटिल प्रक्रिया र अपूर्ण जानकारीले दलालहरु(एजेन्ट)का प्रभावका कारण ठगीको सिकार भई रहेका छन् ठगी बाट बच्नका लागी नयाँ सरकारले वैदेशिक रोजगारको सबै चरणालाई स्पष्ट,डिजिटल र सुचना मैत्री बनाउन जरुरी देखिन्छ जसको माध्यम बाट जनस्तर बाट नै सेवा लिन सकुन ।
ठगी नियन्त्रणका लागी हरेक जिल्ला प्रशासन कार्यालयलाई अधिकार सम्पन्न बनाई म्यानपावर कम्पनी तथा अवैध एजेन्टहरुले ठगी गरेको खण्डमा यस्ता दोषीहरुलाई कडा सजाय दिइने,लाईसेन्स् खारेज गरी पिडितलाई छिटो न्याय दिई ठगी नियन्त्रणमा हदसम्म सुधार ल्याउन सकिन्छ ।
जनचेतना अभिवृद्दि बढाउन हरेक जिल्ला प्रशासन कार्यालयमा रहेका आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ताहरु संग जोड्न र वैदेशिक रोजगारी सम्बन्धी सही सुचनाको जानकारी,कानुनी प्रक्रिया र सावधानीका उपायहरुको लिई वैदेशिक रोजगारीमा केही हद सम्म सुरक्षित गर्ने सकिन्छ ।त्यसैगरी सुरक्षित रोजगारीको सुनिश्ति गर्ने गन्तव्य देशहरु संग श्रम सम्झौेता गर्नु आवश्यकता छ , यसले कामदारको हक अधिकारको सुनिश्चिित गर्दछ ।दुतावास लाई सक्रिय बनाउँदै समस्यामा परेका कामदारको उद्दार र सहयोगमा जोड दिनुपर्छ ।
दीर्घकालीन सामाधानको रुपमा देशभित्र रोजगारी सृजना गर्नु सबै भन्दा महत्वपूर्ण कदम हो,यदि नेपालमा पर्याप्त अवसरहरु उपलब्ध भए वैदेशिक रोजगारीमा जाने बाध्यता ठगी घट्नाहरु पनि घट्ने छैन् ।
यसरी नयाँ सरकार संग जनताको अपेक्षा स्पष्ट छ ,वैदेशिक रोजगारीलाई सुरक्षित भरपर्दो र ठगी रहित बनाउन,यसका लागी प्रभावकारी नीति,कडा कार्यान्वयन गर्ने सके सरकार प्रति जनताको विश्वास अवश्य बढ्ने छ । यदि यी सबै पक्षमा ध्यान पुयाउन सकेमा वैदेशिक रोजगारीलाई समस्याको स्रोत नभई अवसरको माध्यम बनाउन सकिने कुरामा लेखकको पूर्ण विश्वास रहेको छ ।
