नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा पत्रकार नवीन गड्तौला सर्वसम्मत रूपमा चयन हुनुभएको छ । महासंघको तेस्रो जिल्ला अधिवेशनले गड्तौलाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ, सचिवमा नसीम अन्सारी, सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ तथा कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन हुनुभएको छ ।

सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्बू, संगीता राई, रुपेशकुमार मोची, दिपेश योञ्जन र रोहन थापा चयन भएका छन् । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी तथा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्षहरू कृष्ण अधिकारी, अमर खड्का र जनकऋषि राईको उपस्थिती रहेको थियो ।