मालपोत कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने दर्जन बढी पक्राउ
जयकृष्ण यादव । इनरुवा
इनरुवा,चैत १८ गते । सुनसरीको इनरुवा नगरपालिका ३ स्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई सेवाको नाममा हैरानी दिने दर्जन बढी व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सेवाग्राहीहरुको गुनासोका आधारमा मालपोत कार्यालयमा सेवाग्राहीलाई ठग्ने तथा हैरानी दिने र सरकारी काममा असर पार्ने कार्यमा संलग्न रहेका दर्जन बढी व्यक्तिलाई पक्राउ गरेको हो । बुधबार मालपोत कार्यालय परिसरबाट १२।१३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनुभयो । विचौलिया भएको आरोपमा पक्राउ परेकाहरु माथि अनुशंधान भईरहेको र उनीहरुको बारेमा छानविन गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले मुद्धा चलाउने थेवेले जानकारी दिनुभयो ।
