हनुमान जयन्तीको अवसरमा कलश यात्रा तथा विशाल मोटरसाइकल ¥याली
इनरुवा,चैत १९ गते । सुनसरीको इनरुवामा हनुमान जयन्तीको अवसरमा कलश यात्रा निकालिएको छ । सुनसरी बजरंग दलको आयोजनामा रामभक्त श्री हनुमान जयन्तीको पवित्र अवसरमा सदरमुकाम इनरुवामा सयौंको संस्थामा सहभागी भएर कलश यात्रा निकालिएको हो । विहीबार हनुमान जयन्तीको अवसरमा एक आपसमा शुभकामना साटासाट सहित कलश यात्रा निकालिएको आयोजक समितिका सत्यनारायण यादवले जानकारी दिनुभयो । भगवान श्री हनुमानजीको असीम कृपा, शक्ति, साहस र भक्तिको चर्चा गर्दै भव्य शोभा कलश यात्रा तथा विशाल मोटरसाइकल ¥याली निकालिएको हो । बिहीबार इनरुवा नगरपालिका ४ को सुनसरी पुल नजिकबाट निकालिएको कलश यात्रा नगर परिक्रमा गरी श्री गणिनाथ मन्दिरमा कलश विसर्जन गरेको छ । कलश यात्राको माध्यमबाट सनातन धर्म, संस्कार र एकताको सन्देश फैलाइएको सहभागी लक्ष्मी साहले जानकारी दिनुभयो ।

१, श्री हनुमानजीको जयन्तीको अवसरमा निकालिएको मोटरसाइकल ¥याली ।
तस्विर ः
