सुनसरीमा लागु औषध नियन्त्रणका लागि तीन महिने अभियान थालेको छ। जिल्लाका सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय बैठक गरेर लागु औषध नियन्त्रणका लागि अभियान थालेको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय बैठकले  लागु औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान कार्यक्रम सञ्चालन भई रहेकोले उक्त तीन महिने अभियान कार्यक्रम सफल पार्न जिल्ला स्थित विद्यालय,शैक्षिक संस्था, कलेज र पुनर्स्थापना केन्द्रहरुले कार्यक्रममा सहभागिता जनाउने निर्णय गरेको छ ।


बैठकले लागु औषधओसारपसार एवं सेवन नियन्त्रण गर्न गठित दुव्यसन विरूद्धको अभियान फ्यान क्लवसँग समन्वय गरी लागुऔषध सम्बन्धि गतिविधिहरुको नियन्त्रण गर्न आवश्यक कार्य गर्ने,लागु औषध प्रयोग तथा ओसार पसार नियन्त्रणका लागि हुने गरेका कार्यमा सबैले आ-आफ्नो क्षेत्रवाट सुरक्षा निकायलाई सहयोग गर्ने, लागु औषध अपराध नियन्त्रणका लागि जिल्ला तथा स्थानीय तहको सहकार्यमा आमा समूह, युवा क्लब तथा बाल क्लब जस्ता संघ/संस्थालाई सहभागी, समावेश गरी/गराइ सचेतना कार्यक्रम सञ्चालन गर्ने र सोका लागि स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनु भएको छ। त्यसैगरी जिल्ला तथा स्थानीय तहमा सम्पूर्ण सरोकारवाला संघ संस्था, पुनर्स्थापना केन्द्र, शैक्षिक संघ संस्था समेतको समन्वयमा बृहत जनजागरण कार्यक्रम सञ्चलन गर्ने ।

सचेतनामूलक कार्यक्रम सन्देशमूलकप्रचार प्रसार सामग्री निर्माण, सरोकारवाला निकायबीच समन्वय र सहकार्य गरी सञ्चालन गर्ने,लागु औषध प्रयोगकर्ताहरुको पहिचान, उपचार र पुर्नस्थापना गर्ने कार्यलाई निरन्तरता दिने, पुनर्स्थापना केन्द्रको नियमित अनुगमन र सुधार गर्न निर्देशन दिने , लागु औषध अपराधका सूचना नियमित संकलन तथा आदान प्रदान गर्ने, सार्वजनिक स्थलहरु बसपार्क, कलेज, सार्वजनिक पार्क, विद्यालय प्राङ्गणमा चेतनामूलक सन्देशहरु प्रचार प्रसार गर्ने र विभिन्न स्थानमा भएको गाजा खेती पहिचान गरी फडानीको लागि कार्यसूची तयार पारी फडानी कार्यलाई तिव्रता दिने निर्णय गरेको छ।


बैठकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने र  नरेन्द्र परियार, प्रहरी उपरीक्षक केशव कुमार थेवे,सशस्त्र प्रहरी उपरीक्षक श्याम कुमार कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसंधान निरिक्षक बिमल घिमिरे, भगवती दल गण, सुनसरीका सेनानी रुपक राई, कोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर प्रसाद दंगल, अधिकारकर्मी जयकृष्ण यादव, रमेश भट्टराई, चन्द्र बराल, बेलाल अन्सारी सहितको उपस्थिति रहेको थियो।