कोशीमा राजनीतिक दलहरु बीच राजनीतिक संवाद

सुनसरीको कोशी गाउँपालिकामा स्थानीय राजनीतिक दलहरु बीच राजनीतिक संवाद कार्यक्रम सम्पन्न भएको छ । कोशीको सभा हलमा भएको संवाद कार्यक्रममा वत्ताहरुले सबै दलहरुको प्रतिनिधिहरु आमनेसामने भएर कुराकानी गर्न पाएको माखुसी व्यक्त गरेका छन् । मंगलबार सामाजिक परिवर्तन केन्द्र काठमाण्डौको आयोजना भएको संवाद कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी, नेपाली काग्रेंसका सभापती सुलेमान मंसुरी, नेकपा एमालेका मनटुन यादव, जनता समाजवादी पार्टीका उपाध्यक्ष तेजनारायण अरगरिया, जनमत पार्टीका अध्यक्ष राजकुमार यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष इ.फुलेश्वर यादव सहितकाले संवादमा राजनीतिक दलहरुका बीतमा यसप्रकारका छलफल र संवाद निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले योजना तर्जुमा, बजेट निर्माण, गाउँ सभा र बजेटको कार्यान्वयनको चरणसम्ममा दलहरुका बीचमा समन्वय, सहकार्य र सकाराम्मक सल्लाह सुझाव तथा सूचनाहरु आदनप्रदान गर्नेगराउने प्रतिवद्धता जनाएका छन् ।




विभिन्न राजनीतिक दलहरु र सरोकारबालाहरुबाट आएका सुझावहरुको ग्रहण गर्दै तुलनात्मक रुपमा समन्वय गर्दै आएको र थप गर्ने संवादको क्रममा कोशीका अध्यक्ष ऐयुव अंसारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संवादमा कोशी १ का कावा वडा अध्यक्ष निर्माला कुमारी मण्डल, २ का वडा अध्यक्ष ध्यानी उराँव, ३ का वडा अध्यक्ष सुलेमान मंसुरी, ५ का वडा अध्यक्ष साह जमाल, ६ का वडा अध्यक्ष जुडिलाल कोडोगिया, ७ का वडा अध्यक्ष लालदेव सदा र ८ का वडा अध्यक्ष बलरामकुमार क्षेत्री सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्य शोभा मेहता र ज्ञानु खतिवडा लगायतले वडा तहलमा दलहरुसंगको समन्वय र सहकार्यक प्रभावकारी रहेको बताउनुभयो ।
कार्यक्रममा सबै राजनीतिक दलहरु बीच राजनीतिक संवाद कार्यक्रम भएको र विपक्षीहरुको कुरा समेत राख्ने वतावरण मिलाएकोमा सामाजिक परीवर्तन केन्द्रलाई धन्यवाद दिएका थिए । संवाद कार्यक्रमको सहजिकरण केन्द्रका जिल्ला संयोजक रमेश भट्टराई र संवाद सहजकर्ता जयकृष्ण यादवले गर्नुभएको थियो ।
सबै सहभागी सरोकारबालाहरुको कुरा आपसी छलफल गर्ने भएपनि मौका मिलाउने काम सिएससीले गरेको बताएका छन । कार्यक्रमको मुख्य उदेश्य र आचारसंहिताका बारेमा सहभागीहरुलाई जानकारी गराईएकाले कार्यक्रम प्रभावकारी भएको थियो ।संवाद सहजकर्ताले प्रस्तुतिकरणबाट विषयका बारेमा प्रष्ट जानकारी भएको र दलहरुका बीतमा बढेको दुरी कम हुने अपेक्षा गरिएको जनता समावदाी पार्टीका उपाध्यक्ष तेजनारायण अरगरियाले बताउनुभयो ।
सहभागीहरुलाई नाम सहित पालैपालो राजनीतिक संवादमा विकास र राजनीतिक भुमिकाका बारेमा आफ्नो सबाल, असन्तुष्टी वा विवाद र सदभावका विषयमा, धारणा, जिज्ञासा र गुनासो राख्न दिएको थियो । सहभागीहरुले सामूहिक रुपमा एउटा साझा सहमती गरेर पहिलो चरणमा सबै दलहरुलाई विगतमा बोलाएको झै प्रभावकारी रुपमा बोलाउने र दलहरुले आ आफ्नो पार्टीगतहरुबाट पहल गर्ने, सार्वजनिक हित तथा विकासमा समन्वय, सहकार्य र सकाराम्मक सल्लाह तथा सूचनाहरु आदनप्रदान गर्ने प्रतिवद्धता जनाएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका मनटुन यादवले शिक्षाका लागि विद्यालयमा अनुगमन सहित गुणस्तरमा ध्यान दिन, अस्पताल निर्माण गर्न र प्रसुति गृह सञ्चालन गर्न जरुरी रहेको र त्यसमा राजनीतिक दलहरुका बीचमा समन्वय आवश्यक रहेको बताउनुभयो ।
कोशी ६ का स्थानीय रोशन यादवले पहुचका अधारमा विकास हुदाँ दलिय विवाद बढेकाले त्यसमा आवश्यकतामा आधारीत विकास गर्न सुझाव दिनुभयो । वडा तहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालयसम्म जाने बाटोमा निमार्ण तथा मर्मत गर्न जरुरी रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष इ.फुलेश्वर यादवले कोशीका जनताहरुको हातहातमा धनिपुर्जा रहेको, सोही अनुसार मालपोत तिर्ने र कर तिर्ने गरेको भएपनि कुनै पनि वितिय संस्था र बैकहरुले ऋण दिन नमानेकाले राजनीतिक पहल जरुरी रहेको बताउनुभयो । कोशीको शिव चौकदेखी कोशीटप्पु जाने बाटोमा काम गर्नुपर्ने, स्थानीय राजनीतिक दलहरुका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको सुझाव दिनुभयो ।
जनता समाजवादी पार्टीका उपाध्यक्ष तेजनारायण अरगरियाले कृषिको विकासका लाष् िसिचाई सुविधा आवश्यक भएको र त्यसमा स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो । सिचाई, कृषि र पानी पनि राजनीतिक मुद्धाको रुपमा लिन जरुरी रहेको बताउनुहुदै भएको नहरहरुको मर्मत सम्भार गर्नुपर्ने, सडक निर्माणमा ध्यान दिनुपर्ने, खानेपानीको लागि निर्माण भएको ट्याकी सञ्चालनको पहल गर्नुपर्ने, गुणस्तीय शिक्षामा ध्यान दिनुपर्ने सुझाव राख्नुभयो ।
जनमत पार्टीका अध्यक्ष राजकुमार यादवले कार्यक्रम गर्ने आयोजकलाई धन्यदाव दिदै सरकारी प्रतिवद्धताहरुको कार्यान्वय जरुरी रहेको बताउनुभयो । संघीयताको अभ्यास र अनुभुति नागरिकले नगरेसम्म राजनीतिक परिर्वतनको आभास नहुने भएकाले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार सहितमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।
अधिकारकर्मी फुलकुमारी रामले विकासमा विभेद भएको गुनासो गर्नुहुदै जमुवा चौकमा दुई।दुई वटा गेट र प्रवेशद्धार बनाउदाँ दलित बस्तीमा बाटो र डुवान नियन्त्रणमा कुनै पहल नभएको गुनासो गर्नुभयो ।
राजनीतिककर्मी रामचन्द्र यादवले संवाद कार्यक्रमको प्रभावको विषयमा जिज्ञासा राख्नुहुदै काजगी भन्दा व्यवहारमा परिर्वतन हुने गरी जनताको पक्षमा काम हुनुपर्नेमा जाृेड दिनुभयो ।
स्थानीयबासी कोशी ६ निवासी बैजनाथ यादवले सिचाई र सडकमा ध्यान दिन दलहरुलाई आग्रह गर्नुभयो ।
नेकपा एमाले कोशी १ का अध्यक्ष पशुपती पुरीले पोलबती र सडक बती सहित उपेक्षामा परेका बस्तीमा विकासका लागि आग्रह गर्नुभयो ।
कोशी १ का स्थानीय युवा नेता विष्णुदेव उराँवले आफूहरुको बस्तीमा विकासमा विभेद भएको र शिक्षामा कक्षा ५ पढ्नेबालबालिकाहरुलाई लेख्न, पढ्न नआएकोले विद्यालयमा अनुगमन सहितको शिक्षक माथि कार्वाहीका लागि पहल गर्न सझुाव दिनुभयो ।
स्थानीय नितिन मण्डल र धर्मेन्द्र कणडले विकासमा कोशीले फड्को मारेको दावी गर्नै दलहरुका बीचमा राम्रो समन्वय भएको बताउनुभयो ।
उधोग बाणिज्य संघ लौकहीका अध्यक्ष रामनारायण पोदारले कोशीमा स्थानीय राजनीतिक दलहरुका बीचमा समन्वय र सहकार्यले नै प्रदेशकै ठूलो टन हल निर्माण, विपि स्मृति भवन, कृषि भवन

, कालोपत्रे सडक, दजनौं मन्दिर निर्माण भएको बताउनुभयो । उहाँले लौकहीमा मुद्धा चल्ने इकाला प्रहरी कार्यालय बनाउन पहल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कोशी ७ की कुष्णी भुजेलले विकास समानुपातिक रुपमा सबै ठाउमा हुन जरुरी रहेको बताउनुभयो ।
पत्रकार मिकाईल आलमले विकास क्रमशः हुने भएकाले केही राम्रोकाम भएको बताउनुभयो । हिलो र धुलो मुक्त सडक निर्माण, सबै वडामा स्वास्थ्य संस्था निर्माण, तीन वडा प्रसुति गृह निर्माण, शिक्षाका लागि प्राविधिधार, भाण्टाबारीमा मावि सञ्चालन सहितको राम्रो काम भएको बताउनुभयो ।

कार्यक्रममा महिला फोरमकी नेता राजकुमारी यादवले महिलाको हित र भौतिक पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार पवन रौनियारले संवादको सार्थक नतिजा आउने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा समापत गर्नुहुदै कोशी अध्यक्ष ऐयुव अंसारीले कार्यक्रममा उपल्बधीमुलक र सार्थक भएको बताउनुहुदै उठेका सवालहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।