झुम्का जेलबाट कैदी बन्दी भागे
जयकृष्ण यादव। इनरुवा
इनरुवा, भदौ २५ गते। सुनसरीको रामधुनी नगरपालिका ५ स्थित झुम्का कारागारबाट एह हजार बढी कैदी बन्दी भागेको छ। देशभर जिनजेको आन्दोलन चर्केको बेला झुम्का जेलबाट कैदी बन्दी भागेको हो।

कारागारमा आन्दोलनको चेतावनी र आगो लगाउने धम्की दिएको र प्रहरीको सुरक्षा फितलो भएकोले झुम्का जेलबाट कैदी बन्दी भागेको हो।

झुम्का कारागारका जेलर सुभाष लामिछानेले दिनु भएको प्रतिकृया अनुसार जेलमा  कैदी बन्दीको दबाब र प्रदर्शनले कारागारमा आन्दोलनको क्रममा बल प्रयोग गरेको खण्डमा मानवीय र भौतिक क्षति हुने देखिएकोले केही भागेको र केहीलाई भगाइएको छ। झुम्का जेलबाट  भागेको कैदीबन्दी फेरि पनि ल्याउन सक्ने तर मानवीय र भौतिक क्षतिको आपुर्ति हुन नसकिभएकोले केही भागेको र फोटो खिचेर जान दिएको लामिछानेले बताउनु भयो। कारागारमा १ हजार ६९८ जना कैदी बन्दी रहेको छ। जेलरले मानवीय र भौतिक क्षति हुने देखिएकोले सशस्त्र प्रहरी र नेपाली सेनाले समेत कैदी बन्दीलाइ गेट बाटै भाग्न दिएको थियो।