ममता कुमारी यादव। इनरुवा

नेपाल यादव सेवा समिति काठमाडौले सुनसरीको इनरुवा नगरपालिका ९ बबिया निबासी पत्रकार जयकृष्ण यादवलाई काठमाडौंमा सम्मान गरेको छ।

नेपाली पत्रकारितामा दुइ दशकदेखि क्रियाशील पत्रकार यादवलाई काठमाडौंमा सनिवार नेपाल यादव सेवा समितिको २८ औ सधारण सभा  तथा महाअधिबेशनको अबसरमा सम्मान गरेको हो।


यादवलाई काठमाडौंमा प्रमुख अथिति पुर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव र केन्द्रीय अध्यक्ष भुवनेश्वर यादवले नगद ५०००/सहित प्रसंशा पत्रले सम्मान गर्नु भएको थियो। समितिले प्रत्येक वर्ष आफ्नो सधारण सभाको अबसरमा विभिन्न विधाका व्यक्तिलाई  सम्मान गर्दै आएकोमा यस वर्ष रेखा यादव स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट यादवलाई सम्मान गरेको पुरस्कार छनौट समिति संयोजक एवं केन्द्रिय सदस्य विशेश्वर यादवले जानकारी दिनुभयो।


त्यसैगरी खेलकुद पुरस्कारबाट अन्तराष्ट्रिय क्रिकेट खेलाडी सिराहा निवासी नन्दन यादव, कानुन पुरस्कारबाट अधिवक्ता विनोद यादव , निजामती तर्फ नेपाल सरकार सचिव विरेन्द्र प्रसाद यादव, कलाबाट गायक बिशेश्वर यादव, गिता बाचन तर्फ महन्थ नवलकिशोर यादव,कृषि पुरस्कारबाट मोरंगका जयनारायण यादवलाई पुरस्कृत हुनुभयो।

कार्यक्रम कार्यक्रममा योगानन्द यादव, नेपाल यादव महिला संघका अध्यक्ष शोभा यादव, नेपाल यादव सेवा समिति काठमाडौका उपाध्यक्ष तथा यादव महासंघका अध्यक्ष महेश्वर यादव सहितको उपस्थिति रहेको थियो।