जयकृष्ण यादव । इनरुवा

इनरुवा, असोज ९ गते । इलाका प्रहरी कार्यालय पकली सुनसरीलाई ज्योती विकास बैंकले कम्प्युटर सहयोग गरेको छ । बैंकको झुम्का शाखाले सामाजिक उतरदात्वि अन्तरगत इलाका प्रहरी कार्यालय पकलीलाई कम्प्युटर सहयोग गरेको हो । भदौं २४ गते इटहरीमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालयलाई काम गर्न सहजताका लागि बैंकले कम्प्युटर सहयोग गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालयलाई एक थान प्रिन्टर र एक थान कम्प्युटर सहयोग गरेको बंैकका प्रकाश पराजुलीले जानकारी दिनुभयो । पराजुलीले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लेखनाथ दाहाललाई विहीबार एक थान प्रिन्टर र एक थान कम्प्युटर सहयोग हस्तान्तरण गरेको बैंकका गोपाल मेहताले जानकारी दिनुभयो । जेनजी आन्दोलनका क्रममा सुनसरीेका २८ सरकारी तथा निजी संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । इटहरी उपमहानगरपालिका भवन, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी सहितका स्थानीय तह र वडा कार्यालाय भवन, इलाका प्रहरी कार्यालय इटहरी र पकली तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिको घरहरूमा तोडफोड र आगजनी भएको थियो । सुनसरीको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।


१, इलाका प्रहरी कार्यालय पकलीमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएकोले क्षती भएपछि एक थान प्रिन्टर र एक थान कम्प्युटर सहयोग हस्तान्तरण गर्दै ।
तस्विर ः