कवडी खेलाडी छनौट
इनरुवा, भदौ ७ गते । सुनसरीबाट राष्ट्रिय खेलकुद अन्तरगत कवडी खेलका लागि खेलाडीहरु छनौट भएका छन् । सुनसरी कवडी संघले जिल्लाबाट राष्ट्रिय कवडी प्रतियोगिताका लागि महिला तथा पुरुष कवडी खेलाडीहरु छनौट गरेका छन् ।
जिल्लाबाट महिला कवडी खेलाडीतर्फ आरती चौधरी, मनिषा चौधरी, यशोधा खत्री, गरिमा पोखरेल, रविता कुमारी उराँव, जानकी उँराव, नेहा खाँ, टिका कुवर, मिना गिरी र बैकल्पिकमा प्रज्ञा खड्का, मनिषा यादव र प्रीती राई छनौट भएका छन् ।
त्यसैगरी पुरुष कवडी खेलाडीतर्फ राजेश उराँव, अनिल कुमार साह, जुगनु साह, राजन यादव, संजय यादव, नरेश मण्डल, धरेन्द्र यादव, खगेन्द्र गुप्ता, सिगुवा लिम्बु तथा बैकल्पिकमा जिवन कुमार चौधरी, प्रमोद यादव र राजु उराँव छनौट भएका छन् ।
जिल्लाभरीका खेलाडीहरुको प्रर्दशन र क्षमताको आधारमा कवडी खेलाडी छनौट गरिएको सुनसरी कवडी संघका अध्यक्ष तरुण कुमार यादवले जानकारी दिनुभयो ।

