जजन्युज समाचारदाता। छप्की

सुनसरीको गढी गाउँपालिका २  छप्कीमा छ्ठ माताको पुजापाठ गर्न सहजताका लागि छठको घाट निर्माण थालिएको छ।

स्थानिय युवा समाजसेवी तथा शिक्षाप्रेमी विधान्नद यादवको सहयोग र स्थानीयको जनश्रमदानमा छठको घाट निर्माण थालिएको हो। स्थानिय वर्तीहरुलाइ सहजताका लागि सितागंज शाखा नगरको औरावनी छप्की खण्डमा छठको घाट निर्माण थालिएको जनाएको छ।


सहयोगी दाता तथा अगुवा विधान्नद यादवका अनुसार ९० फिट लम्बाई छठको घाट निर्माण सुरुवात गरिएको हो।
यहाँका ३० परिवारको लागि ९० फिट पक्की छ्ठ घाट निर्माण गर्न यादबले लगानी र गाउलेको १ दिनको श्रम दानमा काम सुरुवात गरिएको हो। कामलाइ पछि सफल पार्न र हौसला प्रदान गर्न शिशिर यादव १० हजार  र सरोज यादव १० बोरा सिमेन्ट  सहयोग गर्नु भएको छ। कुल लागत  १ लाख ७० हजार रुपियाँको खर्च अनुमान गरिएको छ।


स्थानिय युवा, अभिभावकको र छठि माताको आशिर्वादले काम थाकेका र श्रम दान गर्नु हुने सबै गाउँबासीलाई धन्यवाद दिएको बताउनु भयो।