अर्विनद मेहता। इनरुवा

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा प्राथमिक शिक्षा वर्गको उद्घाटन भएको छ। एक कार्यक्रमका बिच भगवती मावि इनरुवा -१ मा प्राथमिक शिक्षा वर्गको उद्घाटन भएको हो । जिल्लाका युवाहरूका लागि राष्ट्र निर्माणमा शारीरिक, मानसिक र बाैद्धिक रुपले सबल र सक्षम निःस्वार्थ भावले ओतप्राेत व्यक्ति निर्माणको लागि  ७ दिवसिय आवासीय साधना, प्राथमिक शिक्षा वर्ग सुरु भएको छ। यहाँका युवाहरूलाई सेवा, संस्कार र संगठन गर्न सिकाउने गरि  शिक्षा वर्ग सुरु भएको आयोजक सन्तकुमार मेहताले जानकारी दिनुभयो।


हिन्दू स्वयंसेवक संघ नेपालका संघचालक कल्याण तिम्सिना, वर्गाधिकारी दिलिप साह, राजकुमार मेहता, इनरुवा नगरपालिकाका पुर्व प्रमुख गोपाल कोइराला सहितको उपस्थिति रहेको थियो।


उद्घाटन समारोहमा विषेश अथिति जिल्ला समन्वय समिति सुनसरीको प्रमुख राजन मेहताले सबैले गौरवमय धर्म हिन्दू भएकोले गौरवका साथ हिन्दू भन्न आहवान गर्नु भएको छ। उहाँले अरुलाई सम्मान गर्न तालिम सार्थक हुने समेत बताउनुभयो। मेहताले सहभागी युवाहरूले सबै ठाउँमा नेतृत्व लिनु पर्नेमा जोड दिनुभयो।
उद्घाटन समारोहमा भगवती माविका विधालय व्यवस्थापन समिति अध्यक्ष विश्वनाथ ओझा,
संघका इश्बर पण्डित, आकाश ,अनिल यादव, श्रवण यादव, मनोजकुमार यादव, मिरा पोखरेल, इनरुवा प्याब्सन अध्यक्ष रमेश गुरागाँई, पुर्व प्रधानाध्यापक गंगा राम मण्डल, सम्भु ठाकुर, नबिन चन्द्र साह, इनरुवा जेसिज अध्यक्ष सत्य यादव सहितको उपस्थिति रहेको थियो।


हिन्दू स्वयंसेवक संघ नेपाल संघचालक कल्याण तिम्सिनाले राष्ट्र, राष्ट्रिय स्वभिमान र आत्म सम्मानको लागि संगठन गर्न आवश्यक रहेको बताउनु भयो। नागरिक सबै सामाजिक उत्तर दायित्व भएर धर्म गर्नुपर्ने बताउनुभयो। देशका सबैलाइ जोड्ने काम हिन्दू स्वयम सेवकले गर्ने भएकोले तालिम सार्थक हुने बताउनुभयो। आदर्श नागरिक बनाउन तालिम सार्थक हुने बताउनु हुदै आफ्नो धर्म व्यक्तिगत नभइ सामुहिक रुपमा मनाउनु पर्ने बताउनुभयो।


उहाँले भन्नु भयो, “संबिधानले लेख्दैमा धर्म निरपेक्ष हुन सक्दैन। सबैले हिन्दू मान्ने भएपछि संबिधानले लेख्दैमा हिन्दू राष्ट्र मास्न सक्दैन। धर्म निरपेक्ष हुन सक्दैन।” पुर्व एआइजी समेत रहनुभएको तिम्सिनाले राष्ट्र लाइ धर्म निरपेक्ष बनाएपनि हिन्दूहरू त्यसलाई नमान्ने बताउनुभयो।


हिन्दू स्वयंसेवक संघ नेपालको प्राथमिक शिक्षा वर्ग-२०८२ श्री भगवती मा.वि. इनरुवा, सुनसरी दिनचर्याःसमय तालिम यसप्रकारले चल्ने छ।

कार्यक्रम
५:०० बजे जागरण
५:४५ बजे एकात्मतास्तोत्रम्
६:००-८:०० बजे प्रातः संघस्थान
८:००-८:१५ बजे श्रमसाधाना
८ः३०-९:३० बजे जलपान एवं स्नान
९:४५-१०:१५ बजे योग निद्रा यवं अभ्यास
११:००-१२:००बजे बौद्धिक
१२:२५-२:०० बजे भोजन एवं विश्राम
२:३०-३:३० बजे संवाद
३:३०-४:०० बजे अल्पहार
४:३०-६:०० बजे सायम् संघस्थान
६:३०-७:३० बजे चर्चा
७:४५-८:४५ बजे रात्री कार्यक्रम
९:०० बजे रात्री भोजन
१०:०० बजे विश्राम
शिक्षक व्यवस्थाको लागि मात्र
४:३० बजे विहान जागरण
५:३० बजे विहान प्र. अभ्यास
४:०० बजे अपरान्ह सा. अभ्यास
९:४५ बजे राती रात्री बैठक