नागरिक स्वयंसेवकहरूका लागि अभिमुखीकरण कार्यक्रम


सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाकाे नागरिक स्वयंसेवकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका युवा तथा स्वयंसेवकहरूलाई स्थानीय शासन संरचना, कार्यसम्पादन, र सामाजिक-राजनीतिक पर्यावरणीय सरोकारहरूका मुद्दाबारे सचेत बनाउने उदेश्यले अभिमुखीकरण गरेको हो।


सामाजिक परिवर्तन केन्द्रको आयोजनामा सम्पन्न भएको कार्यक्रममा स्थानीय शासनमा नागरिकका अधिकार र जिम्मेवारीप्रति जागरूकता विकास गर्ने,
स्वयंसेवकहरूलाई स्थानीय सरकारको सेवा प्रवाह मूल्याङ्कन गर्ने क्षमता निर्माण गर्ने बारेमा अभिमुखीकरण गरेको जनाएको छ। कार्यक्रममा सहभागी स्थानीय युवा बेलाल अन्सारीले कार्यक्रममा पारदर्शिता र जवाफदेहिताका लागि सक्रिय नागरिक सहभागिता र वकाल तमा प्रेरित गर्ने सबालमा समेत छलफल भएको जानकारी दिनु भयो।
कार्यक्रममा स्थानीय पुनम साह, रविन्द्र यादव, सुरेन्द्र मेहता, बेलाल अन्सारी, सेराज हुसैन, सबिता मेहता, सुरेन्द्र यादव, मिथलेस यादवले सुशासन,पारदर्शिता, जबाफदेहिता र विधिको साशनको बारेमा बोल्नु भएको थियो।

कार्यक्रममा सामाजिक परीवर्तन केन्द्र काठमाडौंका निदेशक डा. प्रकाश भट्टराईले सहजिकरण गर्नु भएको थियो।
