११७ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती २०८२ को उपलक्ष्यमा सडक कविता वाचन-२
सुनसरीको इनरुवा नगरपालिका १ शान्ति चौकमा ११७ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती २०८२ को उपलक्ष्यमा सडक कविता वाचन-२
कार्यक्रम सम्पन्न भएको छ।



सोमवार उदय चिया पसल अगाडि
(टेम्पो चोक) टेम्पोचोक, इनरुवा-१ मा सडक कबिता वाचन कार्यक्रम सम्पन्न भएको छ।

सिर्जनामा इनरुवा,विश्व नेपाली साहित्य महासंघ, सुनसरी,अपन स्वर्ग नेपाल कला संस्कृति इनरुवा, कबिर जीवन ज्योती मठ, इनरुवाको सहयोग र सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशको आयोजनामा भव्यताका साथ साहित्य कार्यक्रम सम्पन्न भएको संचालक लिलानाथ सिलवालले जानकारी दिनुभयो।

सप्तरङ्गी साहित्य समाज कोशी अध्यक्ष रमेन्द्र कोइरालाको अध्यक्षता र छविनाथ रिजालको प्रमुख आथित्यतामा देवकोटाको ११७ औ जन्म जन्यन्तिको कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा लिलानाथ सिलवाल,रमेन्द्र कोइराला,माधवप्रसाद आचार्य,
द्वारिका प्रसाद पोखरेल, यशोदा आचार्य, राधा सुवेदी, शिव नारायण पंडित,लीलानाथ सिलवाल,अनुष दाहाल, झोटन महता,विष्णु दाहाल,अनुप खड्का, रियाज कार्की र साहित्यकार तथा गोरखापत्र दैनिकका
जय कृष्ण यादव सहितले रचना बाचन गर्नु भएको थियो।
–
