सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको केही निजी संस्थागत तथा सामुदायिक विद्यालयमा बालबालिका असुरक्षित बनेको गुनासो बाहिर आएको छ । शिक्षा दिनुहुने गुरू बाटै केही छात्र विधार्थीहरू माथि यातना दिएको र केही छात्रा विधार्थीहरू माथि यौन दुरुपयोग तथा दुव्र्यवहार भएकोले बालबालिका असुरक्षित बनेको गुनासो बाहिर आएको हो । शिक्षाको ज्योति फैलाउने र बुवा आमा पछिको सबै भन्दा नजिक र आदर्शको व्यक्ति गुरुज्यू अर्थात शिक्षकहरुबाट बालबालिका असुरक्षित बन्नु कुनै पनि हिसाबले सार्थक मान्न सकिदैन।


यसको पच्छिलो उदाहरण इनरुवा नगरपालिका ३ को स्मल हेवेन एकेडेमीका शिक्षक हरेराम मिश्रको अश्लिल र यौन दुरुपयोग तथा उत्तेजक म्यासेजको गैर जिम्मेवार लिलाको पर्दाफासलाइ लिन सकिन्छ ।
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका जिल्लाको मुकाम मात्रै होइन यौन दुरुपयोग गर्ने र अश्लिल हर्कत गर्नेको पनि सदरमुकाम बनेको छ। इनरुवा वडा नम्बर ३ को स्मल हेभेन एकेडेमीका कक्षा १२ का समन्वयको जिम्मेवार निर्देशक तथा शिक्षक हरेराम मिश्रले आफ्नै पूर्व विद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अंग देखाएको आरोप लागेको घटना बाहिरिएपछि विधालय असुरक्षित बनेको पुष्टि भएको छ। उक्त घटना बाहिरिएपछि केही विद्यार्थी, अभिभावक र स्थानीय युवाले कडा प्रतिबाद गरेका छन् । घटनाका पीडित छात्राका अनुसार शिक्षक मिश्रले मोबाइलको म्यासेजमार्फत अपच हुने शब्दहरू,अश्लील सामग्री तथा संदेश पठाउँदै मानसिक तनाब दिनु भएको छ। मिश्रले पिडितलाइ पास भएकोमा पार्टी दिन र भिडियो कलमा अचानक आफ्नो गोप्य अंग देखाएको आरोप लागेको छ। घटनाको सुरुवात शिक्षकको हर्कत ठिक नलापछि छात्राले शिक्षकलाई ब्लक गर्ने गरेको तर अर्को नम्बरबाट फेरि सम्पर्क गरेर डराएर धाकधम्कि दिएको र अनैच्छिक सहमत गराउने प्रयास गरेको पिडित परिवारले दावी गरेका छन्। यो सुचना बाहिर फैलिएपछि जेन–जी पुस्ताका विद्यार्थी र युवाहरू कलेज पुगेर सत्यतथ्य बुझ्न खोज्दा शिक्षक मिश्रले उल्टै धाकधम्की र दुव्र्यवहार गरेपछि प्रहरीको सहयोगमा उद्धार गर्नु परेको थियो। त्यस बिचमा ९ गते विधालयभित्रै विद्यार्थी जेनजी–समूहले कुटपिट गरेका थिए । कुटपिटबाट मिश्राको टाउकोमा चोट लागेको र कलेजका अन्य शिक्षकहरूले शान्त पारेर घटनालाई नियन्त्रणमा लिएको थियो । विधालयभित्रै घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले पिडक शिक्षक हरेराम मिश्रलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय ल्याएको शिक्षक हरेराम मिश्रलाई मुक्त गरेको र पिडित परिवारले माफी दिने भएकोले मिलाइएको छ। स्रोतका दावीअनुसार घटना मिलाउने प्रयत्नका लागि केही शिक्षक र संस्थाले पावर प्रयोग गरी पिडितलाई चुप लगाउने प्रयास र विभिन्न किसिमका अफवाह फैलाएको आशंका पनि गरिएको छ। पिडित र उनका आफन्तबीच त्यो मिलाउने प्रक्रिया पनि गरिएको बताइएको छ । निजी विद्यालय संगठन (निजी तथा आवासीय विद्यालय संगठन नेपाल, इनरुवा)ले घटना प्रति ध्याकर्षण भएको जनाएको छ। उनीहरूको जिम्मेवारी र विद्यार्थी सुरक्षा सम्बन्धमा ध्यान नपुगेकोले प्रश्न उठेको छ। शिक्षक हरेराम माथि र केही अन्य माथि प्रश्न उठेकोले स्थानीय युवा तथा अभिभावकहरुको ध्यानार्कषण भएको बताइएको छ। यस्ता घटना सम्बन्धी अन्य गुनासो पनि सुनसरी र इनरुवा क्षेत्रमा समय–समयमा आइरहेको भन्ने खबरहरू प्राप्त भइरहेकाले अभिभावकमा चिन्ता बढेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान जारी राखेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको स्रोतले जनाएको छ। यद्यपि पिडितवर्गले शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरूले विद्यार्थीको सुरक्षा र अधिकारको सुनिश्चितता गर्न सम्बन्धित निकाय र विद्यालय व्यवस्थापनले कठोर कदम चाल्नुपर्ने माग उठेका छन् ।
यसरी कुरा उठ्दा समेत किन यि पक्ष मौन ः
पिडित पक्ष ? ः पिडक पक्ष ?, यो विषयमा तपाईंको प्रतिकृया के छ ? सरकारी अधिकारी ?ः
मानवअधिकारकर्मी ?ः, बाल संजाल ?,ः,अभिभावक ?ः,यो संबेदनशील विषयमा तपाईंको प्रतिकृया के छ ? सवाल आउछ प्रहरीले समातेको शिक्षक फेरी कसरी के सर्तमा छुटेका हुन् । यसमा कसको के भएको हो ? निदोर्ष थियो भने प्रतिकृया प्रहरी र पीडित वा पीडक पक्षले किन कानुनी उपचार वा सार्वजनिक प्रतिकृया दिएन् ?
राष्ट्रिय मिडियामा प्रकासन वा प्रसारण गर्न हजुरहरुको प्रतिकृया,,,
स्मल हेवेन स्कूलका प्रिन्सिपल आषिश थापा माथि पनि छानविन गर्नु पर्नेमा केहीले आबाज उठाएको छ। विधालयभित्रै शिक्षक रहेकोमा नभएको झूटो बोल्नु र विधालयलाइ असुरक्षित बनाउनुमा प्रिन्सिपल आषिश थापाको हात देखिएकोले उबिमाथि पनि छानविन गर्नु पर्नेमा स्थानीयले आबाज उठाएको छ। विधालयभित्रै शिक्षक र विधार्थीहरू बिच अनैतिकता र गैर जिम्मेवारी गतिविधिलाई बढ्वा दिएको घटनाले अभिभावक संशकित र विधार्थीहरू त्रसित सहित असुरक्षित बनेको छ ।
उता कार्यरत्त विधालय र निजी विधालयको संस्था प्याव्सनले समेत हरेराम मिश्रको नियत माथि प्रश्न उठाएकोले कार्वाही गर्नु पर्ने जरुरी रहेको विधार्थीहरूले बताएका छन् ।
इनरुवा नगरपालिका क्षेत्रमा रहेको विभिन्न बाल समुह र विधार्थीहरूले शिक्षा दिने शिक्षकहरुबाटै यस्तो यौन अपराध र अश्लिल हर्कत प्रदर्शन गर्नु अपराध भएकोले कार्वाही गर्नुपर्ने जरुरी रहेको बताएका छन् । यस्तो घटना लुकाउने र कार्बाही नहुञ्जेलसम्म योन पिपासु मानसिकता भएको गुरूहरू झनै गोरू प्रवृतिका हुन प्रोत्साहन हुने भएकोले तत्कालै गिरफ्तार गरेर कार्वाही गर्नुपर्ने माग गरेका छन् । पिडितहरुलाई न्यायको ठाउँमा किनमेल गर्ने, युवाहरूले सामाजिक न्यायको निम्ति भन्दै उठाएको सबालमा प्रहरीले एक दिन नियन्त्रणमा राखेर छाड्नु र सरकारी विधालयको समेत शिक्षक रहेको मिश्रलाई दण्ड सजाय र कार्वाही नभएको खण्डमा सिमावर्ती देवानगञ्ज गाउँ गाउँपालिकाको एक विधालयको छात्रा असुरक्षित हुने र टियुसनको नाममा पनि मिश्रले कयौ नबालिकहरुलाइ यौन अपराध र यौन प्रस्ताव गर्नुभएकोले कार्बाहीको दायरामा ल्याउनु पर्ने जरुरी रहेको छात्रा विधार्थीहरूले बताएका छन् ।
महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, जिल्ला सरकारी वकिल कार्यालय सुनसरी, जिल्ला अदालतमा समेत जाहेरी गर्न पहल गर्न शुरू भएको एक छात्रा विधार्थीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिनुभयो । दशैं, तिहार र छठको विदा पछि एकल वा सामुहिक जाहेरी दत्र्ता गर्ने र अधिकारकर्मीहरुको सहयोग माग्ने छात्रा विधार्थीहरूले बताएका छन् ।

शिक्षकले यौन हर्कत गर्दा के हुन्छ ?
बलात्कार प्रयास भएकोलाई के कार्वाही हुन्छ ?

जवरजस्तीकरणीको अपराध ठहर्ने
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको व्यवस्था गरेको छ । जसमा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा त्यस्तो महिला वा बालिकालाई जवर्जस्तीकरणी गरेको मानिनेछ । तर मन्जुरीको हकमा प्रतिबन्धात्मक व्यवस्था गरी करकाप अनुचित प्रभाव डर त्रास झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको सहमतिलाई मन्जुरी मानिँदैन । त्यसै गरी होस ठेगानमा नरहेको अवस्थामा लिएको मन्जुरीलाई पनि मन्जुरी लिएको मानिँदैन ।
जवरजस्तीकरणी ठहर भएमा हुने सजायको व्यवस्था
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (२) मा १० वर्षभन्दा कम उमेरकी बालिका पूर्ण अशक्त अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैदको सजाय हुने व्यवस्था छ । कानुनमा जन्म कैद भन्नाले २५ मानिएको छ । १० वर्ष देखि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्ष देखि २० वर्षसम्म, १४ वर्ष देखि १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्ष देखि १४ वर्षसम्म, १६ वर्ष देखि १८ वर्षभन्दा कम उमेरकी बालिका भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
त्यसै गरी १८ वर्ष वा १८ वर्ष भन्दा बढी उमेरकी महिला भए ७ वर्ष देखि १० वर्षसम्मको कैद सजाय हुन्छ । यसका साथै पतिले आफ्नै पत्नीलाई ईच्छाविरुद्द जबरजस्ती करणी गरेमा ५ वर्षसम्मको कैद हुने व्यवस्था गरेको छ । पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको, पतिसँग अंश लिई भिन्नै बसेको र पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको श्रीमतीलाई पतिले जबरजस्ती करणी गरेमा वैवाहिक बलात्कार मानिँदैन । त्यो अन्य बलात्कार सरह ठानी कारबाही हुन्छ ।
गर्भवती, अशक्त अपाङ्ग, शारीरिक वा मानसिक अस्वस्थ वा हतियार देखाएर जबरजस्ती करणी गरेमा थप ५ वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ भने थुनामा रहेकी महिला वा आफ्नो संरक्षण वा सुरक्षामा रहेकी महिलालाई जबरजस्ती करणी गरेमा ३ वर्षसम्म कैद सजाय हुन्छ । त्यसै गरी सम्बन्धित कार्यालयको कर्मचारी वा पेशागत सेवा लिने महिलालाई जबरजस्ती करणी गरेमा थप ४ वर्षसम्म कैद सजाय हुने व्यवस्था ऐनमा रहेको छ ।
पीडितलाई न्यून क्षतिपूर्ति
सर्वोच्च अदालतबाट महत्त्वपूर्ण मुद्दाका फैसलाको पूर्ण पाठसहित छापिने नेपाल कानुन पत्रिका जो हरेक महिना छापिन्छ जसमा छापिएका मुद्दामा भएका व्याख्याहरूलाई नजिरको संज्ञा दिने गरिन्छ । नजिरमा भएका व्याख्यालाई सांसदबाट पारित भएका कानुन सरह मानिन्छ । २०७५÷२०७६ सालमा प्रकाशित सो कानुन पत्रिकामा छापिएका जबरजस्ती करणी सम्बन्धी मुद्दाहरूलाई हेर्दा २९ वटा मुद्दा छापिएका छन् । ती २९ वटा मुद्दामा २ वटा मुद्दामा १ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ भने १ मुद्दामा ७५ हजार क्षतिपूर्ति भराउने फैसला भएको देखिन्छ । त्यसै गरी १० वटा मुद्दामा ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको देखिन्छ ।

यसरी रोक्न सकिन्छ विद्यालयमा हुने यौन दुव्र्यवहार
शिक्षक–विद्यार्थीबीचको यौन उत्पीडनका लगभग सबै घटना विद्यालय प्रांगणभित्रै हुने गरेका छन्
केही शिक्षक किन तिनलाई आफ्ना विद्यार्थीको शरीरबारे टिप्पणी गर्न, डेटिङ एपमा उनीहरूसँग कुराकानी गर्न, उनीहरूको यौन जीवनबारे प्रश्न गर्न छुट भएको ठान्छन् । अझ केही शिक्षक किन तिनका विद्यार्थीलाई चुम्न वा यौन भावनाले छुन अप्ठ्यारो मान्दैनन् ? यस सम्बन्धमा मैले सहलेखन गरेको एक रिपोर्टले शिक्षक–विद्यार्थीबीचको यौन उत्पीडनका लगभग सबै घटना विद्यालय प्रांगणभित्रै हुने देखाएको छ । जीवविज्ञानको औपचारिक कक्षाको पाठ पढाउँदाबाहेकको कुनै पनि परिस्थितिमा शिक्षकले इसारा वा मजाकका रूपमा तिनका विद्यार्थीसँग यौनको चर्चा गर्नु उपयुक्त हँुदैन । जब हामी विद्यार्थीलाई ‘पुरुष शिक्षकको सम्मानका लागि’ शरीर छोप्न भन्छौँ, हामी खासमा शिक्षकका यौनिक व्यवहारचाहिँ स्वाभाविक भएको सन्देश प्रवाह गरिरहेका हुन्छौँ । जब विद्यार्थीलाई उनीहरूको (विद्यार्थीको) यौनजीवन र ‘प्रतिष्ठा’बारे शिक्षक भेलामा चर्चा भएको बताउँछौँ, हामी तिनलाई युवामाथि टिप्पणी गर्नु वा तिनको वस्तुकरण गर्नु सही भएको भनिरहेका हुन्छौँ ।

जब विद्यालय प्रमुखहरूले विद्यार्थीमाथि भइरहेका अनुपयुक्त व्यवहारसम्बन्धी गुनासालाई ‘समस्या सिर्जना गर्ने प्रयास’ वा ‘हानिरहित व्यवहारको बढाइचढाइ’ भनी खारेज गर्छन्, तब हामी किशोरलाई तिनको भावनाको कदर हुँदैन र विद्यालयलाई तिनको चिन्ता छैन भनिरहेका हुन्छौँ । यौन उत्पीडन गर्ने मुख्यतया दुइटा कारण भेटिन्छन् । कोही तिनका टिप्पणी र व्यवहारको अनुचित हुन् भन्ने कुरामा बेखबर हुन्छन् । अर्को थरीलाई भने आफूले गरेको गलत हो भन्ने थाहा भएर पनि त्यो काम गरिरहेका हुन्छन् । आफू सहजै उम्किहाल्छु भन्ने सोचका कारणले ती कामलाई निरन्तरता दिने गर्छन् ।

विद्यालयभित्र हुने यौन दुव्र्यवहारका सम्भावित दुई समाधान छन् । पहिलो, शिक्षकलाई यस विषयमा प्रशिक्षण दिने । सबै माध्यमिक विद्यालयका कर्मचारीलाई बालबालिकाको हेरचाह गर्ने कर्तव्य हुन्छ र उनीहरूलाई यौन दुव्र्यवहारका लक्षण कसरी पहिचान गर्ने भनेर सिकाइनुपर्छ । तर, उनीहरूलाई अनिवार्य रूपमा यौन दुव्र्यवहार के हो र यो यौनसम्पर्कभन्दा भिन्न हुन्छ भन्नेबारे सिकाइँदैन । यसले यौनस्पर्श वा दुव्र्यवहारको थप गम्भीर घटना रिपोर्ट गर्ने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्दैन ।

दोस्रो, हामीले अर्को कर्मचारीले गरिरहेको उत्पीडन देखेमा त्यसबारे कुरा उठाउने वातावरण निर्माण गर्नुपर्छ । एक पीडादायी सत्य के हो भने विद्यार्थीको शोषण गर्ने शिक्षकहरू कतिपय अवस्थामा आकर्षक र धेरै मन पराउने खालका पाइएका छन् । सबै सन्दर्भमा हुने यौन उत्पीडनबारे गरिएको अनुसन्धानले यो पुष्टि गरेको छ । समस्याग्रस्त व्यवहार भएका भनेर चिनिएका व्यक्तिबाट यस्तो कार्य भएमा सहजै विरोध हुने गर्छ । तर, असल भनेर चनिएका व्यक्तिबाट भएका दुव्र्यवहारलाई भने हामी सामान्यतया यो एकपटकको घटना रहेको, खासमा नराम्रो नियतले नगरिको र हानिरहित रूपमा बुझ्ने गर्छौं ।

यस्तो सोच्ने तरिकाले यौन उत्पीडनलाई समेत सह्य मान्ने र व्यक्तिका गलत संकेतप्रति सचेत हुने स्थिति नै रोकिदिन्छ । जब शिक्षकलाई उत्पीडनको पहिचान गर्न पर्याप्त तालिम दिइँदैन, सीमाहरू अस्पष्ट हुन्छन् र व्यक्तिलाई घटना रिपोर्टिङ गर्न सकिने गरी ‘पर्याप्त नराम्रो’ रहेको–नरहेको अन्योलमा छोडिदिन्छ । विद्यालयका प्रमुखसम्म सीधै जान सक्ने शिक्षकका अलावा उत्पीडनको प्रत्यक्षदर्शी (जो पीडितका साथी हुन सक्छन्) ले पनि रिपोर्ट गर्न सक्ने प्रक्रियाको पनि अभाव छ । शिक्षकलाई आफूले रिपोर्ट गरेको गलत ठहरिए एक कुशल सहकर्मीको करिअर नष्ट हुने र काममा व्यक्तिगत रूपमा बहिष्कृत हुने (मन नपराइने) डर हुन्छ । उत्पीडकको व्यवहारलाई सहँदै गयो भने तिनले हौसला पाउँछन् ।
त्यसैले विद्यालयमा यौन दुव्र्यवहार अन्त्य गर्ने एक मात्र तरिका भनेको हामीले खराब व्यवहारलाई चुनौती दिन सक्ने वातावरण सिर्जना गर्नु हो । यसको प्रतिकार गर्न विद्यालयले सीमा उल्लंघनविरुद्ध शून्य–सहिष्णुता नीति लागू गर्नुपर्छ । सीमा उल्लंघन वा यौन उत्पीडनको आरोपको कुनै पनि पुष्टि भएका उदाहरण समावेश गर्न सन्दर्भ जाँच आवश्यक पर्छ । शिक्षकहरू तिनको पक्ष प्रमाणित गर्न वा आफूमाथिको आरोप खण्डन गर्ने जाँचको हकदार हुन्छन् । यस्तो अनुसन्धानले विद्यालयमा कस्ता व्यवहार खराब हुन् भन्ने कुरामा ज्ञान विस्तार गर्ने अवसर प्रदान गर्छ । विद्यालयले प्रत्यक्षदर्शीलाई उत्पीडनको रिपोर्ट गर्न प्रोत्साहन गर्नुपर्छ । रिपोर्ट गर्ने बालबालिकाको सुरक्षालाई प्राथमिकता दिने जिम्मेवारी पनि विद्यालयको हुन्छ । शिक्षकले गरेको उत्पीडन वा अन्य प्रकारका यौन दुव्र्यवहार पुष्टि भएका त्यस्ता घटनाको राष्ट्रिय तथ्यांक सबैका. पहुँचमा राख्नुपर्छ ।
विद्यार्थीलाई यौन उत्पीडन कस्ता हुन्छन् भनेर विभिन्न उदाहरणसहित सिकाउनुपर्छ । अनुपयुक्त यौन आचरण के हो भन्नेबारे बालबालिकाको बुझाइ प्रायः कालो र सेतो हुन्छ । उदाहरणका लागि एकजना उत्तरदाता, जसले पुरुष शिक्षकले उनीसँग फ्लर्ट गर्ने, स्पर्श गर्ने र उनको सम्पूर्ण विद्यालयको अनुभवमा विशेष ध्यान दिने गरेको गुनासो गरिन्, उनका अनुसार ‘त्यतिवेला मैले म विशेष भएको महसुस गराएको थिए । ती शिक्षक विद्यालयमा आकर्षक शिक्षकमा दरिन्थे । पछाडि फर्केर हेर्दा म १३ वर्षको हुँदा अनौठो ध्यानाकर्षण सुरु भयो ।’ अन्तमा उत्पीडनको रिपोर्ट गर्ने विद्यार्थी र कर्मचारीका लागि सहायता तथा परामर्श सम्पर्कको पहिलो बिन्दुको रूपमा स्कुलमा निर्भरविना नै पहुँचयोग्य हुनुपर्छ ।
एउटा मुद्दामा २५ हजार, एउटा मुद्दामा ३० हजार, एउटा मुद्दामा १५ हजार पाँच वटा मुद्दामा १० हजार क्षतिपूर्ति भराउने फैसला भएको देखिन्छ भने ५ वटा मुद्दामा क्षतिपूर्तिको बारेमा उल्लेख नै भएको देखिँदैन । त्यसैगरि एउटा मुद्दामा पीडकबाट आधा अंश भराइदिने फैसला भएको पनि देखिन्छ ।

उक्त आँकडा हेर्दा पीडितलाई क्षतिपूर्ति दिँदा एकदम न्यून मात्र भराई दिने गरेको देखिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा २२८ मा पीडितलाई दिनुपर्ने क्षतिपूर्तिको व्यवस्था गरेको छ । जसमा जबरजस्ती करणीको कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइदिनु पर्नेछ भनिएको छ ।
यदि कसुरदारको कुनै सम्पत्ति नभई जबरजस्ती करणीको कसुरबाट पीडितले क्षतिपूर्ति नपाउने देखिएमा र प्रचलित कानुन बमोजिमको पीडित राहत कोष स्थापना भई नसकेको अवस्थामा अदालतले नेपाल सरकारको महिला तथा बालबालिका विषय हेर्ने निकायको नाममा क्षति पुर्तिस्वरुप उचित रकम पीडितलाई भराई दिने गरी आदेश गर्न सक्नेछ र त्यसरी आदेश भएमा सो कार्यालयबाट क्षतिपूर्ति बापतको रकम तत्काल पीडितलाई उपलब्ध गराउनुपर्नेछ भनिएको छ । मनासिब क्षतिपूर्ति भनेको कति हो ? त्यो ऐनमा प्रष्ट पारिएको छैन ।