पत्रकार यादवले गरे पाँच सय एक दिप बालेर दिपावली
सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारी निवासी पत्रकार देवराज यादवले पाँच सय एक दिप बालेर दिपावली गर्नुभएको छ । घरमा लक्ष्मीको बास र भाकल सहित रमाईलो तिहारका लागि भन्दै पत्रकार यादवले पाँच सय एक दिप बालेर दिपावली गर्नुभएको हो ।


यादवले कोशी गाउँपालिकाभरीमै सबै भन्दा बढी पाँच सय एक दिप बालेर दिपावली गरेको दावी गर्नुभएको छ । यादवले रमाईलोसगैं गाउँमा नयाँ र एतिहासिकताका लागि पाँच सय एक दिप बालेर दिपावली गरेको बताउनुभयो । यादवको पाँच सय एक दिप बालेर दिपावली गरेको समाचारले कोशी प्रदेशभरी चर्चामा रहेको छ । माटोको दिपमा दिपावली गर्न ५ लिटर तल प्रयोग भएको जानकारी दिनुभयो ।
