सुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विधालयमा आन्तरिक प्रतिष्पर्धाबाट प्रधानाध्यापक बनाउने प्रक्रिया नौ महिनामा पनि सार्थकता नपाएको भन्दै शैक्षिक गुणस्तरको सुधारका अभियन्नताहरुले आफुहरुको ध्यानाकर्षण भएको बताउनु भएको छ। सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ इनरुवा अध्यक्ष जयकृष्ण यादव र सचिव राकेश निरौलाले प्रकृयामा रहेको प्रधानाध्यापक नियुक्ति प्रकृयामा भएको ढिलाई प्रति आफुहरुको ध्यानाकर्षण भएको बताउनु भएको छ।

यादव र निरौलाले सोमबार इनरुवा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलालाइ के कारणले प्रकृयामा ढिलाई भएको बारेमा सोधखोज गर्नु भएको छ। भेटेर शैक्षिक गुणस्तरको सुधार गर्न चालिएको कदम प्रतिस्पर्धा द्धारा प्रधानाध्यापक नियुक्ति प्रक्रिया किन सार्थक नभएको र ढिलाई प्रति चासो राख्नु भएको थियो। भेटमा अधिकृत निरौलाले नतिजा तयारी भएको तर कार्यपालिकामा लगेर सार्वजनिक गर्न बाकी रहेको प्रतिकृया दिनुभयो। अध्यक्ष यादवले नेपालको इतिहास मै राम्रो कामको सुरुवात इनरुवा नगरपालिकाले गरेकोमा त्यसलाई अन्तिम रुप दिन नतिजा प्रकासन र नियुक्ति प्रक्रिया अगाडी बढाउन अधिकृत निरौलालाइ आग्रह गर्नु भएको थियो।
भेटमा म्याद सकिएको विधालय हरुमा विधालय व्यवस्थापन समिति गठन गर्न पहल र परिपत्र गर्न, विधालय अनुगमन गर्न र पार्दशीताको अभ्यास सहित शैक्षिक सुशासन कायम गर्न सुझाव दिएको सचिव निरौलाले जानकारी दिनु भयो। सुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रमा रहेका ३० सामुदायिक विधालय मध्ये २९ वटा सामुदायिक विद्यालयमा आन्तरिक प्रतिष्पर्धाबाट प्रधानाध्यापक बनाउने प्रक्रिया नौ महिनामा पनि सार्थकता पाउन सकेको छैन ।  शारदा मावि बलाहा बाहेक २९ प्रअ बन्ने परिक्षामा ४० जना शिक्षकले आवेदन दिएकाेमा नतिजा तयारी हुदाँ पनि सार्वजनिक भएको छैन । इनरुवा नगरपालिकाको शिक्षा शाखाकी अधिकृत स्वष्तिका दाहालका अनुसार नगरपालिका कार्यालयले २०८१ फागुन २९ गते गरेको प्रधानाध्यापक पदका लागि दरखास्त आह्वानको सूचना बमोजिम आधारभुत र माध्यामिक तहमा ४० जना शिक्षकले आवेदन दिएका सबै परिक्षामा सहभागी भएको र विग्य टोलीको नतिजा तयारी भएर कार्यपालिकाले निणर्य गर्न बाकी छ ।


अधिकृत दाहालले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनौट गर्नका लागि स्थायी दरवन्दीमा कार्यरत शिक्षकबाट आवेदन माग भए बमोजिम आधारभुत तह १ देखि ५ सम्मका विद्यालयमा १७ जना, कक्षा १ देखि ८ सम्म ४ जना र माध्यामिक तहमा ७ जनाले प्रधानाध्यापक नियुक्ति प्रक्रिया परिक्षा दिएको बताउनुभयाे ।अधिकृत दाहालले ५ वर्ष स्थायी दरवन्दीमा कार्यरत रहेका आवेदक शिक्षकबाट प्रधानअध्यापक छनौटका लागि नगरपालिकाले विद्यालय विकास प्रस्तावना तयारी, छलफल र अन्र्तवार्ताका साथै नगरपालिकाको शिक्षा ऐन बमोजिम नतिजा तयारी भएर कार्यपालिकामा लाने जानकारी दिनुभयाे ।नगरपालिकामा आवेदन दिएर प्रधानाध्यापक बन्ने प्रतिष्पर्धामा भगवती मावि इनरुवामा गंगा पौडेल बराल र बेणु सिग्देल रहेका छन । दुवै जना सोही विद्यालयमा कार्यरत रहेका शिक्षक हुन । बराल हाल प्रधानअध्यापक रहेकी छिन । जनता मावि मधेशामा प्रधानअध्यापक बन्न लोकबहादुर श्रीपाली, राजकिरण चौधरी र बलराम चौधरीले आवेदन दिएका छन । यसैगरि राजाजी रामजी महतो दास माविमा निर्मल श्रेष्ठ, शिलाकान्त झा र रामसागर मेहताले प्रधानाध्यापक नियुक्ति प्रकृयामा परीक्षा दिएका छन । बालमन्दिर माविमा बिजली पंडितको मात्रै परीक्षा दिएका छन् । यसैगरि नेराहरी माविमा काशीराम चौधरी र
निर्मल श्रेष्ठले परीक्षा दिएका छन । सरस्वती मावि बवियामा बिबादास्पद निमित्त प्रधानाध्यापक तेजनारायण यादव र सोही विद्यालयका उमेशप्रसाद यादवले परीक्षा दिएका छन् । त्रिभुवन माविमा प्रधानअध्यापक बन्न सोही विद्यालयका जागेश्वर साह र ललितकुमार चौधरीले परीक्षा दिएका छन् । त्यसैगरि जनता आधारभुत विद्यालय इनरुवा ३ मा अनु कोइराला, शहीद सुन्दर आधारभुत विद्यालयमा मनोजकुमार मेहता, ज्ञानोदय आधारभुत विद्यालयमा सुमन मेहता, रेणुकुमारी मेहता र रामनारायण मेहताले
परीक्षा दिएका छन् । उता जनकल्याण आधारभुत विद्यालय लावण्यराज निरौला, बुढा सुब्बा आधारभुत विद्यालयमा गणेश भटट्राई, गणेश नेरा आधारभुत विद्यालयमा आकाेशकुमार मण्डल र रामविलास मेहता, जनहित आधारभुत विद्यालयमा बोधराज घिमिरेले परीक्षा दिएका छन् । यसैगरि महाविर आधारभुत विद्यालयमा गजेन्द्रकुमार मेहता, सरस्वती आधारभुत विद्यालयमा बुधेश्वर मेहता, राजाराम यादव, शारदा आधारभुत विद्यालयमा लावयण्मणी पोखरेल, शिशुविकासिनी पदमबहादुर थापा, सर्वोदय आधारभुत विद्यालय कमलप्रसाद सुवेदी, हरि आधारभुत विद्यालय प्रदिप कृष्ण कोइराला, देवकोटा आधारभुत विद्यालय मनकुमारी बस्नेत, आधारभुत विद्यालय योगेन्द्र झा , विनायक झा र शिक्ष देवकृष्ण यादवले परीक्षा दिएका छन् ।त्यसैगरि रेडक्रस आधाभुत विद्यालय यसोदाकुमारी पोखरेल, शिशु निकेतन आधारभुत विद्यालय निर्मला भट्टराई, सिर्दाथ आधारभुत विद्यालय सुरदेव चौधरी, विपी आधारभुत विद्यालयमा अशोककुमार मेहता र राजेशकुमार मेहताले परीक्षा दिएका छन् । अधिकाशं परीक्षा दिएका उम्मेदवारहरुले नतिजा प्रकाशन र नियुक्ति प्रक्रिया अगाडी बढाउन माग गरेका छन् भने परीक्षा नराम्रो भएको फेल हुने लायकको उम्मेदवारहरु शक्ति केन्द्र धाउने र चाकडी तथा भावनात्मक कुरा गर्दै दैलो चहार्दै आएका छन्। शारदा माविका शिक्षक तथा गणेश नेरा आधारभुत विद्यालयमा प्रधानाध्यापकको परिक्षा दिएको उमेदवार रामविलास मेहताले जे जस्तै अबस्थामा नतिजा प्रकाशन गर्नु पर्ने पक्षमा आफुहरु रहेको बताउनु भयो।