शारदा माध्यमिक विद्यालयको अतिक्रम जग्गा छुट्याउने कामको सुरुवात
सुरेन्द्र कुशुवाह। भोक्राहा

सुनसरीको भोक्राहा नरसिंह गाउँ पालिका वडा नम्बर १ अन्तर्गत श्री शारदा माध्यमिक विद्यालयको अतिक्रम गरेको सार्वजनिक जग्गा छुट्याउने काम सुरुवात भएको छ। केही ठाउँमा जग्गा छुट्याउने काम भइरहेको छ । शुक्रवार मात्रै विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरुले जग्गाको सिमाना र अतिक्रमणमा रहेको जग्गा छुटाउने काम गरेको छ।
श्री शारदा माध्यमिक विद्यालयको जम्मा १४ बिघा जग्गामा केहि व्याक्तिहरुले अतिक्रम गरेपछि सबै सरोकारवालाले जग्गा छुटयाउने काममा जुटेका छन्। सार्वजनिक जग्गा, एलानि र स्कुल को नाममा रहेको तर अरूले खाइरहेका अतिक्रमण गरेकोले छुट्याउने काम गरिरहेकाे विधालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार मेहताले जानकारी दिनु भयो।
