जयकृष्ण यादव। इनरुवा
इनरुवा, कार्तिक २२ गते । सुनसरीको सीमावर्ती क्षेत्रसंग टासिएको भारतको विहार राज्यमा विधानसभा आम निर्वाचनलाई लक्षित गरी तीनदिनसम्म सीमानाका बन्द गरिएको छ । जिल्लाको पश्चिम कोशी व्यारेजदेखी पूर्व मोरगंको सिमासम्म नेपाल र भारतबीचको सीमानाका कात्तिक २२ गते सनिबार साँझ ६ ः१५ बजेदेखि तीन दिन बन्द गरिएको छ । विहार राज्यको अररिया जिल्लामा हुने दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अर्थात तीन दिनका लागि सीमा बन्द गरेको हो । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले सनिबार एक सूचना जारी गर्नुहुदै कात्तिक २२ गते साँझ सवाँ ६ बजे देखि कात्तिक २५ गतेसम्म ७२ घण्टा नाका बन्द हुने जानकारी दिनुभएको छ । सीमा नाका भएर आकस्मिक सेवा बाहेकका आवागमन पूर्णरुपमा बन्द हुने श्रेष्ठको सूचनामा उल्लेख छ । विहारसहितका क्षेत्रमा कात्तिक २५ गते विधानसभा निर्वाचन हुँदैछ । विहारमा विधानसभा निर्वाचनलाई लक्षित गरी भारतीय सुरक्षा अधिकारीहरुको आग्रह र निर्वाचन सुरक्षालाई ध्यानमा राखी तीनदिन सुनसरी सीमा बन्द गरिएको जनाएको छ । नेपालमा पनि निर्वाचन हुदाँ भारतीय पक्षले पनि निर्वाचन सुरक्षालाई लक्षित गरी सीमा सिल गर्दै सहयोग गर्दै आएको छ ।


१, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले सनिबार जारी गर्नुभएको सूचना पत्र ।