जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक २५ गते । सुनसरीमा इस्लामी संघद्धारा सामाजिक सञ्जालको सदुपयोग गर्ने अभियान सुरु गरिएको छ । इस्लामी संघ नेपालले जिल्लाको हरिनगर गाउँपालिका स्थित भुटाहामा मोवाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग बारे जागरण अभियान सुरु गरेको हो । समाजमा इन्टरनेट, मोवाइल र सामाजिक सञ्जालको अत्याधिक प्रयोग, अनावश्यक, अनियन्त्रित र अनुचित प्रयोगले समाजलाई पतन र नैतिक पतन हुने भएकोले हाल इस्लामी संघले देशव्यापी जागरण अभियान सुरु गरेको जनाएको छ । इस्लामी संघले अभियानमा समाजिक सञ्जालबाट ज्ञान, सिप, कला, नातेदार र साथीभाईसंग सम्पर्क तथा सम्बन्ध गर्न, अध्ययन र अनुसन्धानको साधन, सदाचार फैलाउने इस्लामी संघका कोशी प्रदेश सदस्य इलियास फलाहीले बताउनुभयो ।


अभियान सोमबारदेखि २९ गतेसम्म भुटाहाबाट सुरु गरी देशव्यापी सामाजिक सञ्जालको सदुपयोग बारेका कार्यक्रम संचालन गरिएको जनाएको छ । अभियान मार्फत सकारात्मक र निर्माणात्मक सोचलाई विकास गर्न समाजका सबै वर्गहरुलाई लक्षित गरि अभियान संचालन गरिएको फलाहीको भनाई छ । देशभरिका बसोवास गर्ने सबै धर्म, आस्था, वर्ग र समुदायका नागरिकहरुको सहभागितामा मोबाईल, इन्टरनेट र सामाजिक सञ्जालबाट हुने नकारात्मक तथा अनैतिक प्रयोग हुनेबाट सत्यता, इमानदारिता र मानवतामा आधारित स्वास्थ्य र चरित्रवान समाजको निर्माणमा भूमिका निर्वाह गर्ने गरि अभियान संचालन गरिएको बताईएको छ । संघले समाजिक सञ्जाल सकारात्मक तरिकाले प्रयोग गर्ने,आवश्यकता बमोजिम प्रयोग गर्ने बारेमा जानकारी दिईरहेको छ । अभिायानमा समाजिक सञ्जालको माध्यमबाट हुने हिसाँ, दुराचार रोक्न, समयको सदुपयोग, अश्लीलता रोक्न, झुठो भ्रम रोक्नलाई अभियानमार्फत बिभिन्न कार्यक्रम, कोण सभा,प्रवचन, जागरण र्याली, सचेतनामुलक पम्पलेट जस्ता कार्यक्रम समावेश गरिएको छ । यस अभियानले घरेलु हिसाँ न्युनिकरण, मानसिक तनाव, पढाई छाड्ने प्रवृत्ति र आत्महत्या रोकथाम, अश्लीलता र गैरकानुनी गतिविधि रोक्न समाजमा योगदान गर्ने संघले दाबी गरेको छ ।