सुनसरी बहुमुखी क्याम्पसको चौथो सभा सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर ६ गते । सुनसरीको सदरमुकाम इनरुवामा रहेको पुरानो सामुदायिक क्याम्पस सुनसरी बहुमुखी क्याम्पस इनरुवाको चौथो क्याम्पस सभा सनिबार सम्पन्न भएको छ ।

पच्छिलो समय शैक्षिक र भौतिक पूर्वाधारमा फड्को मार्दै अगाडि बढेको सुनसरी बहुमुखी क्याम्पस इनरुवा सञ्चालक समितिका अध्यक्ष राजु ढकालले जानकारी दिनुभयो ।

चौथो क्याम्पस सभामा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै अध्यक्ष ढकालले २०३७ सालमा स्थापना भएको सुनसरी बहुमुखी क्याम्पसको पच्छिलो दुईवर्षमा निकै फडको मारेको बताउनुभयो ।

उहाँले इनरुवाको इतिहास बोकेको क्याम्पसमा आफू आएपछि सुविधा सम्पन्न भवन, खेलमैदान, चमेना गृह, शैक्षिक गुणस्तरमा सुधारको पक्षमा काम भएको दावी गर्नुभयो । चौथो क्याम्पस सभा सहायक क्याम्पस प्रमुख लिला अपागाइले सुनसरी बहुमुखी क्याम्पस इनरुवाको चौथो क्याम्पस सभामा उपस्थित भएकोलाइ स्वागत सहित शैक्षिक गुणस्तरमा भएको प्रगतिको बारेमा जानकारी दिनुभयो ।


क्याम्पस सभामा क्याम्पसको भौतिक पुर्वाधार निमार्ण, सौचालय, चमेना गृह निर्माण भएपछि शैक्षिक गुणस्तरमा पनि निकै सुधार आएको बताउनुभयो । टिएनके बहुमुखी क्याम्पसका अध्यक्ष गोपी ढकाल र स्मल हेभेनका सञ्चालक आषिश थापाले शैक्षिक गुणस्तरको नाममा सुनसरी क्याम्पस निकै अगाडि रहेको बताउनुभयो । सभामा पूर्व स्वतन्त्र विधार्थी युनियनका सभापतिहरुलाई सम्मान समेत गरेको छ । पूर्व सभापती योगेन्द्र खड्काले सम्मान गरेकोमा धन्यवाद दिदै आफ्नो कार्यकालमा पुरानो विद्यालयबाट नयाँ ठाउँमा आएको सुनसरी बहुमुखी क्याम्पस इनरुवाको निकै परिर्वतन र प्रगती भएको बताउनुभयो । उहाँले सुनसरी बहुमुखी क्याम्पस इनरुवालाई सुनसरीको सान बनाउनुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेश सभा सदस्य इसराइल मन्सुरीले सभा सफलताको कामना गर्नुहुदै सुनसरी क्याम्पसको भौतिक पुर्वाधार निमार्ण र शैक्षिक गुणस्तरको सुधार गर्न आफुले आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विधार्थी ओसार्न बस र क्याम्पसको प्रबेशद्वार बाटोमा कालो पत्रको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख अथिति कोशी प्रदेश वन, वातावरण र पर्यटन मन्त्री सदानन्द मण्डलले इनरुवाको मुटुमा रहेको सुनसरी बहुमुखी क्याम्पसको विसास र शैक्षिक प्रगतिका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । चौथो क्याम्पस सभा वत्ताहरुले समितिले सेबक भएर काम गर्दै आएको बताउनुभयो ।

इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले नगरबाट आफ्नो कार्यकालमा ३३ लाख सहयोग गरेको पुर्व मन्त्री र सासद विकास कोषबाट समेत सहयोग गरेको बताउनुभयो ।

कार्यक्रम उद्घाटन सत्रमा स्वागत मन्तव्य समिति सदस्य जमुना देवी गौतमले राख्नुभएको थियो।

सभामा पूर्व सञ्चालक समिति अध्यक्ष खेमराज पोखरेल र रामप्रसाद घिमिरे सहितलाइ सम्मान गरेको छ। त्यसैगरी सभामा पूर्व स्ववियु सभापतिहरु राम कोइराला,योगेन्द्र खड्का,सितोष कुमार पोखरेल, महेश पन्त, कृष्ण अधिकारी,सुनिल कुमार साह,धर्मविर आर्य र देव कुमार यादवलाई सम्मान गरेको छ।

सभामा क्याम्पस सञ्चालक समितिका सदस्यहरु सहित विद्यार्थी संघ/संगठनका प्रमुखहरुमा नेविसंघको अजय शर्मा खत्वे, समाजवादी विद्यार्थी युनियन नितेश कुमार यादव, अनेरास्ववियुका भुपराज दास सहितको उपस्थिति रहेको थियो।

भोक्राहानरसिंह गाँउपालिका अध्यक्ष अजमल अख्तर,: तोयानाथ नर्मदा वहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष श्री गोपी ढकाल, अधिवक्ता हेमराज पोखरेल,कृष्णा दाहाल सहितको उपस्थिति रहेको थियो।
