इनरुवाका सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक छनौट
जयकृष्ण यादव। इनरुवा
इनरुवा, मंसिर १३ गते । सुनसरीको इनरुवा नगरपालिकाले शिक्षा ऐन र नियमावली अनुसार पाँच। पाँच वर्षमा प्रधानाध्यापकको छनौट गर्ने प्रकृयाको अभ्यास गरेको छ । नगर क्षेत्रका ३० वटा सामुदायिक विद्यालयमा एक साथ नयाँ प्रधानाध्यापक छनौटका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लामो समयसम्म अन्यौलमा रहेको र केही उम्मेदबार समेत गुम्रहामा पारेको बेला इनरुवा नगरपालिकाको सात महिना अघि सुरु गरेको सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक छनौट प्रकृयाको नतिजा सार्वजनिक गरेसगैं सामुदायिक विधालयमा नयाँ प्रधानाध्यापकले कार्यभार समाल्ने भएको छ । निमित प्रधानाध्यापकको भरमा चलेका इनरुवाका सामुदायिक विद्यालयहरुमा एतिहासमै पहिलो पटक प्रकृयागत रुपमा परीक्षा नै लिएर नयाँ प्रधानाध्यापक छनौट गरेको नतिजा सार्वजनिक गरेको नगर प्रमुख केदार भण्डारीले बताउनुभयो । शैक्षिक गुणस्तरका लागि जिम्मेबार प्रधानाध्यापकको अनुभुत गरेर कार्यरत्त स्थायी शिक्षकहरुका बीचमा इनरुवाका सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक छनौट प्रकृया अन्तरगत परीक्षा लिएर नतिजा प्रकासित गरेको बताउनुभयो । उहाँ राम्रो अभ्यास गरेको प्रति सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ इनरुवा अध्यक्ष जयकृष्ण यादवले आभार व्यक्त गर्नुभएको छ । इनरुवाका प्रमुख केदार भण्डारी र प्रमुख प्रसाशकिय अधिकृत डिल्लीराज निरौलाले लामो कसरत पछि एतिहासिक काम गरेकोले महासंघको तर्फबाट धन्यवाद भन्नुभएको छ ।


नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा(आधारभूत तह कक्षा १–५) का १९ , (आधारभूत तह कक्षा १–८) का चार र माध्यमिक तह(कक्षा १–१० र १२ मा.वि.) का सात प्रधानाध्यापक छनौटका लागि संचालित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
